अपहरित आयल निगमको ट्याङ्कर धनुषामा भेटियो | Khabarhub Khabarhub

अपहरित आयल निगमको ट्याङ्कर धनुषामा भेटियो


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार रातिदेखि हराइरहेको नेपाल आयल निगमको डिलेज लोड भएको ट्यांकर धनुषामा फेला परेको छ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट गत आइतवार अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नम्बर प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार बेपत्ता भएको ट्याङ्कर धनुषाको रामदहैया भवाडे भन्ने स्थानमा फेला परेको हो । उनले यसबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अज्ञात समूहको अपहरणमा परेको थियो। नेपाल आयल निगमका प्रवक्त वीरेन्द्र गोइतका अनुसार नेपाल आयल निगमका ढुवानीकर्ता राजेश गुप्ताको नाममा करार सम्झौता भइ सञ्चालनमा रहेको उक्त ट्याङ्कर बेपत्ता भएको थियो ।

आइतबार राति करिब १२ बजेको समयमा लहानस्थित हुलाक कार्यालय अगाडि विश्राम गर्नका लागि पार्किङ गरिएको अवस्थामा ट्याङ्करलाई अपहरणकारीले कब्जामा लिएका आयल निगमले जनाएको छ ।

ट्याङ्ककरका चालक र सहचालकलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेर बर्दिबास र लालबन्दी बीचको जंगलमा लगेर छाडेको गोइतले जानकारी दिए ।

आयल निगमले पेट्रोल ट्याङ्कर अपहरणमा परेको सम्बन्धमा छानबिन गर्न इन्जिनियर अशोक साहको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । उक्त समितिलाई सत्यतथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : ५७ बजे

आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम – रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष

खोला किनारमा मानव कङ्काल फेला, चारजना प्रहरी नियन्त्रणमा

झापा – झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते