रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन « Khabarhub

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन भएका छन् ।

रसुवाको उत्तरी सीमामा बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीपछि हुम्लाका आठ पुरुष र दुई महिला गरी १० जना सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीले जानकारी दिए ।

‘हुम्लाका विभिन्न गाउँका बासिन्दा रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका थिए । बाढी आएपछि उहाँहरूसँग सम्पर्क हुन नसकेको छैन’, उनले भने ।

खार्पुनाथ गाउँपालिका–१ स्थायी घर भएका वर्ष ३० का जनक बुढा, अनिता रावत, उमेश बोहोरा तथा उमेश बोहोराकी श्रीमती र छोरा सम्पर्कविहीन रहेका छन् । उमेश बोहोराको श्रीमती र छोराको नाम भने खुल्न सकेको छैन ।

त्यसैगरी, ताँजाकोट गाउँपालिका–२ स्थायी घर भएका वर्ष ४१ नहकुल शर्मा र धनराज जैसी पनि सम्पर्कविहीन भएका छन् । शर्मा भन्सार अधिकृतका रूपमा कार्यरत थिए ।

सर्केगाड गाउँपालिका–८ राहदेउका तुलाराज बुढा र मानबहादुर ऐडी तथा चङ्खेली गाउँपालिका–१ का मनजित बुढा पनि बाढीपछि सम्पर्कविहीन रहेको विवरण प्रशासनले सार्वजनिक गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शाहीका अनुसार मनजित बुढाले बाढी आएको करिब ३० मिनेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत ‘हामी सुरक्षित छौँ’ भन्ने आशयको पोस्ट गरेका थिए । त्यसपछि भने उनीसँग सम्पर्क हुन नसकेको बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार अपिलमार्फत सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी आवश्यक पहल भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री शाहीले विपद्को समयमा प्रभावित नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न सङ्घ, प्रदेश र स्थानीय सरकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  १० : ४९ बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा