नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय « Khabarhub

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय


११ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय समीक्षा बैठक गरेका छन्।

जयशंकरले विदेश सचिव, विदेश मन्त्रालयको टोली तथा काठमाडौं र चीनको राजधानी बेइजिङस्थित भारतीय राजदूतहरूसँग बाढीपहिरोको अवस्थाबारे समीक्षा गरेका हुन्।

उनले बाढी प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकको अवस्था र सुरक्षाबारे जानकारी लिन तत्काल प्रयास भइरहेको बताएका छन्।

जयशंकरका अनुसार भारतीय विदेश मन्त्रालयले यस विषयमा विभिन्न मन्त्रालय, राज्य सरकार, टुर अपरेटर तथा विभिन्न परियोजनाका अधिकारीहरूसँग समन्वय गरिरहेको छ।

भारतले राहत तथा उद्धार प्रयासमा नेपाली पक्षसँग पनि निकट रहेर काम गरिरहेको उनले बताएका छन्।

नेपालको रसुवा लगायतका सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ भने धेरै मानिस बेपत्ता छन्। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ३ : ४५ बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा