काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पत्रकार टेकराज थामी सम्पर्कविहीन भएका छन् ।
नेपाल पत्रकार महासंघले समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य थामी सम्पर्कविहीन भएको उनको परिवारले जनाएको भन्दै विज्ञप्तिमार्फत जनाएको हो ।
त्यस्तै, नुवाकोट, बिदुर ७ का पत्रकार निराजन पौडेलका परिवारका पाँच जना सदस्य पनि सम्पर्कविहीन भएको महासंघले जनाएको छ ।












प्रतिक्रिया