सजिलोसँग बुझ्न “सुपर चमत्कारिक मासिक निक्षेप खाता” – एनआईसी « Khabarhub

सजिलोसँग बुझ्न “सुपर चमत्कारिक मासिक निक्षेप खाता” – एनआईसी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुपर चमत्कारिक मासिक निक्षेप खाता” बिषयको सम्वन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति बैंकको ध्यानाकर्षण भएको एनआईसी एशिया बैंकले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्वेश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना बैंकको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र रहेको जानकारी गराएको छ ।

आम जनमासहरुलाई सजिलो संग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरीएको बैंकको भनाइ छ ।

रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दती निक्षेप योजना भएको र जसमा ग्राहकमहानुभावहरुले आफ्नो भविष्यको विभिन्न योजनाहरुको लागि चाहिने वित्तिय श्रोत जुटाउनका लागि मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा जम्मा गरी चाहिएको रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

रिकरिङ्ग निक्षेप योजना अन्र्तराष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवंम पहिला देखी नै संचालनमा रहेको योजना रहेको र नेपालमा समेत केहि बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजनाहरु सञ्चालन गरी निक्षेप श्रोत परिचालन गरीरहेको बैंकले जनाएको छ ।

यस बैंकले सार्वजानिक गरेको “सुपर चमत्कारिक खाताहरु” अन्र्तगत उक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” बचत खाता नभई एक विशेष प्रकारको मुद्दती खाता भएकोले ग्राहकले ३ महिना देखी १० वर्षसम्मको लागि आफ्नो आवश्यकता अनुशार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : १८ बजे

ताप्लेजुङमा ५१ प्रतिशत मतदान

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको छ

सङ्खुवासभामा ५३ प्रतिशत मत खस्यो

सङ्खुवासभा – सङ्खुवासभामा ५३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक

काठमाडौं–१ को मतगणना सुरु हुँदै

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १ को

कास्कीमा ६० प्रतिशत बढी मत खस्यो

गण्डकी – प्रतिनिधिसभा सदस्यका लागि आज भएको निर्वाचनमा कास्कीमा करिब