नेपाल सिपिङ लाइनले अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्दै « Khabarhub

नेपाल सिपिङ लाइनले अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्दै


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सिपिङ लाइनले अन्तर्राष्ट्रिय व्यापार विस्तार गरेको छ । नेपालमा वैदेसिक व्यापारको सहजीकरण गर्दै नेपाल र बंगालको खाडी क्षेत्रको अर्थतन्त्रलाई बृद्धि गर्ने लक्ष्यका साथ स्थापना भएको यस लाइनले सेवालाई विस्तार गरेको कम्पनीका प्रमुख देवीप्रकाश भट्टचनले बताए ।

नेपाल सिपिङ एन्ड एयर लाजिस्टिक कम्पनी नेपालमा पनि विस्तार भएको भन्दै भट्टचनले खुसी व्यक्त गरेका छन् । यस कम्पनीले दक्षिण एशियाको अन्तर्राष्ट्रिय र क्षेत्रीय व्यापार लेनका साथै एशिया र बाँकी विश्वको बीचमा सिपिङ सेवाहरूको दायरा बढाउने काम गरेको उनले बताए ।

नेपाल सिपिङ लाइनले सार्क देशको यातायात आवश्यकता पूरा गर्न द्रुत ट्रान्जिट समय र गुणस्तर सेवाहरूको साथ दक्षिण एसियाका विकासोन्मुख देश र क्षेत्र जोड्दै जाने कम्पनीले जनाएको छ।

सेवा विस्तारलाई अझ मजवुत बनाएर लैजाने प्रमुख भट्टचनले बताए । सेवामा बंगालको खाडीको बन्दरगाह र यसको अन्तराष्ट्रिय व्यापार क्षेत्रको मुख्य बन्दरगाहबीचको प्रत्यक्ष कन्टेनर लाइनर सेवाका तीन सेट सामेल छन् । सिपिङ लाइनको ‘मिसन’ सार्क देशहरूको विकासशील अर्थतन्त्रहरूलाई प्रोत्साहित गर्न वैदेशिक व्यापारलाई सहजीकरण गर्ने नै रहेको भट्टचनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : ५० बजे

अख्तियारसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध ६ मुद्दा, तीन दिन म्याद थप

काठमाडौं– आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै

‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आईटी सेवा निर्यात भइरहेको छ’

काठमाडौं– सरोकारवालाहरूले आईटी क्षेत्रमा काम गर्नेहरूले वार्षिक सवा खर्ब रुपैयाँ