शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)   « Khabarhub

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव पोखरामा राखिएको छ ।

तनहुँ, गोरखा, धादिङमा भेटिएका शव राख्ने ठाउँको अभाव भएपछि पोखरा पुर्‍याइएको थियो । ती शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल/गण्डकी अस्पताल) र मणिपाल शिक्षण अस्पतालमा राखिएका छन् ।

बेपत्ताको पहिचान गर्न भौँतारिरहेका आफन्त शव पहिचान गर्न अन्य जिल्लाबाट कास्की सदरमुकाम पोखरासम्म पुगिरहेका छन् ।

पोखरामा रहेका आफन्त पनि बाढीपीडित परिवारको आग्रहपछि अस्पतालसम्म आएका छन् । शव पहिचान गर्न सहज होस् भनेर अस्पतालको एउटा हलमा फोटो डिस्प्ले गरिएको छ ।

डिस्प्ले कक्ष र शव गृहअगाडिको दृश्य निकै भावविह्वल देखिन्छ । आफन्त र परिवारका सदस्य फोनमा कुराकानी गर्दा भक्कानिएको सुनिन्छ । 

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  २ : ०३ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको