अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध « Khabarhub

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । 

आपत्कालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा हेलिकप्टरको माग नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको हो । 

न्यून प्रभावित, अप्रभावित तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट हालसम्म २५२ विदेशी र तीन हजार ३४४ नेपाली गरी तीन हजार ५९६ जनाको हवाई उद्धार गरिएको उनले बताइन् । 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १२ : ४५ बजे

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र