फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’ « Khabarhub

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’


१५ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म ‘मास्टर्नी’ बक्स अफिसमा फ्लप भएको छ ।

चलचित्र विकास बोर्डका अनुसार सुरुवाती ९ दिनमा यो फिल्मले ३९ लाख ५२ हजार मात्रै ग्रस कलेक्सन गरेको छ । भदौं ५ देखि प्रदर्शनमा आएको यो फिल्म हेर्न भदौ १४ सम्म ११ हजार ९९६ वटा मात्रै टिकट खरिद-बिक्री भएको छ ।

प्रियंकालाई डेब्यू निर्माण रहेको फिल्मबाटै व्यवसायिक धक्का लागेको हो ।

अर्कोतर्फ प्रियंकालाई यो फिल्मबाट ‘चोरी’को ट्याग लागेको छ । ‘मास्टर्नी’ भारतीय फिल्म ‘दृश्यम’सँग हुबहु मिल्छ । सोहीकारण उनलाई स्क्रिप्ट चोरी वा ‘कपी’को आरोप लागेको छ ।

यही नकारात्मक प्रतिक्रियाका कारण यो फिल्मप्रति दर्शकको आकर्षण घटेको हो ।

यस फिल्ममा प्रियंका नै शीर्ष भूमिकामा छिन् । उनीसहित फिल्ममा नायकहरू प्रमोद अग्रहरी, आर्यन सिग्देल, रक्षा थापा र सिम्रन खड्का शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  २ : ५५ बजे

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व