मन्त्री राख्ने र फाल्ने विषयमा ओली–प्रचण्ड विवाद ! « Khabarhub

मन्त्री राख्ने र फाल्ने विषयमा ओली–प्रचण्ड विवाद !


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिमण्डल हेरफेरको निर्णय गर्नका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवलाय बैठकले त्यसबारे कुनै निर्णय गर्न सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले मन्त्रिमण्डल हेरफेर, नयाँ मन्त्रीहरुको चयन र केही मन्त्रीको विदाइ गर्ने तयारी भएपनि त्यसबारे कुनै छलफल नै नभए नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सचिवालय बैठकले नाम अनुमोदन गरेसँगै आजै नयाँ मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ गराउने तयारी रहेको र त्यसका लागि राष्ट्रपति कार्यालय पनि तयारी अवस्थामा रहेको जनाइए पनि नयाँ मन्त्रिहरुका बारेमा सचिवालय बैठकमा कुरा मिल्न नसकेको हो ।

८ जना नयाँ मन्त्री !

८ जना मन्त्रीहरुको हेरफेरको विषयमा सचिवालय बैठकमा छलफल भएको बालुवाटार निकटक श्रोतको दाबी छ ।

६ जना मन्त्री र दुई जना राज्य मन्त्री गरि ८ जना मन्त्री हेरफेर गर्ने विषयमा छलफल भएको थियो ।

घनश्याम भुसाल, सुरेन्द पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, प्रशु साह, शिवमाया तुम्बाहाम्फे सहित थप दुई राज्यमन्त्रीका विषयमा छलफल भएको स्रोतको दाबी छ ।

त्यस्तै चक्रपाणी खनाल, मात्रिका यादव, थममाया थापा, लालबाबु पण्डित, जगतबहादु विश्वकर्मा, रघुवीर महासेठ र अरु दुई राज्यमन्त्रीलाई हटाएर नयाँलाई नियुक्त गर्ने विषयमा छलफल भएको थियो ।

तर लालबाबु पण्डितलाई नहटाउन माधव नेपालले दवाव दिएको र रघुवीर महासेठको पक्षमा प्रचण्ड रहेकाले केही समस्या उत्पन्न भएको स्रोतको दाबी छ ।

खानेपानी मन्त्री विना मगरलाई पनि हटाउने प्रधानमन्त्रीको प्रस्तावमा भने प्रचण्डले असहमति जनाएका थिए । ‘विनालाई हटाउने भए गोकुल बाँस्कोटालाई पनि हटाउँ’ प्रचण्डको भनाइ उदृत गर्दै श्रोतले खबरहबसँग भन्यो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ३ : ३० बजे

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई