सीओपीडी दमबारे भ्रम र वास्तविकता « Khabarhub

सीओपीडी दमबारे भ्रम र वास्तविकता


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग ( सीओेपीडी दम ) का बिरामीहरु बढ्दै गएका छन् । नेपालमा प्रत्येक १० जनामध्ये एकजनामा यो रोगको समस्या रहेको छ ।

मानिसहरुमा सीओपीडी रोग विषयमा धेरै भ्रमहरु रहेको डा अशेष ढुंगाना बताउँछन् । सीओपीडी दमको विषयमा भ्रम हुँदा पनि मानिसहरु उपचारको पहुँचमा नभएको उनको भनाइ छ ।

सीओपीडी दम भनेको दीर्घकालिन रुपमा देखिने श्वास प्रश्वासको समस्या हो । यो रोगका बिरामीमा खोकी लागिरहने, खोकीमा सेतो पहेलो खकार आउने, अलिकति हिड्दा पनि स्वा–स्वा हुने, लगायतको समस्या देखिन्छ । यो रोग धुँलो धुँवामा धेरै समय रहने, धुम्रपान सेवन गर्ने मानिसमा लाग्ने सम्भावना बढी हुन्छ ।

आज हामी तपाईलाई सीओपीडी दमको विषयमा समाजमा रहेको केही भ्रम र त्यसको वास्तविकता बारे जानकारी प्रस्तुत गरेका छौं-

सीओपीडी दमबारे भ्रम र वास्तविकता

भ्रम: दम धेरै मानिसलाई हुँदैन ।
वास्तविकता: नेपालमा प्रत्येक १० जनामध्ये एक जनामा सीओपीडी दम रोग छ ।

भ्रम: दम धुम्रपान गर्नेलाई मात्र हुन्छ ।
वास्तविकता: धुम्रपान दम रोगको प्रमूख कारण भएपनि वायु पदुषण, पेशागत जोखिमहरुको कारणले पनि दमको रोग लाग्ने सम्भावना हुन्छ ।

भ्रम: उमेर बढ्दै जाँदा स्वास्वा हुनु सामान्य हो ।
वास्तविकता: स्वास्वा हुनु सीओपीडी दमको लक्षण हो । यसको उपचार गर्दा पूर्ण रुपमा ठिक हुन्छ ।

भ्रम: दम रोगको पूर्ण उपचार सम्भव छैन ।
वास्तविकता: समयमा सही उपचार गरेमा सीओपीडी दम भएका बिरामीले सहज रुपमा जीवनयापन गर्न सक्छन् ।

भ्रम: सीओपीडी दम भएपछि धुम्रपान त्यागे पनि नत्यागे पनि कुनै प्रभाव पर्दैन।
वास्तविकता: सीओपीडी दम भएका बिरामीले धुम्रपान त्याग्दा अकाल मृत्युबाट बच्न सकिन्छ ।

भ्रम: इन्हेलर औषधि राम्रो होइन ।
वास्तविकता: उच्च रक्तचाप, मधुमेह जस्तै दीर्घकालीन रोग भएकाले इन्हेलर सधैँ प्रयोग गर्नुपर्ने हुनसक्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ८ : २२ बजे

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ

काठमाडौं – झापा–५ का मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे संसद् भवनको अनुगमन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्माणाधीन सङ्घीय संसद् भवनको

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य