बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव « Khabarhub

बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव


१८ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारका क्रममा दुई जनाको शव निकालिएको छ।

घटना भएको तथा उद्धारको प्रतीक्षा सुरु भएको आठौँ दिनमा सुरुङभित्र फसेका हुन सक्ने व्यक्तिको खोजीका क्रममा दुई शव फेला परेको हो।

सोमबार सरकारी उद्धार टोलीले सुरुङको मुख्य बाटो हुँदै भित्र प्रवेश गर्ने प्रयास गरेको थियो। करिब १५० मिटर दूरीमध्ये १०० मिटरभित्र पुगेपछि उद्धार कार्यलाई त्यसै मार्गबाट अगाडि बढाउन नसकिने निष्कर्षमा टोली पुगेको थियो।

त्यसपछि आयोजनाको कम्पनीले आफ्नै टोली परिचालन गरी खोज तथा उद्धारमा लाग्ने जनाएको थियो। मंगलबार सुरुङ क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको खोजी र व्यवस्थापन गरिएको थियो।

बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित सातदेखि आठ जनाको टोली आयोजनाको खाली पेनस्टक पाइपभित्र प्रवेश गरेको थियो। टोलीले करिब १५० मिटर माथिसम्म पुगेर सुरुङभित्र प्रवेश गर्ने वैकल्पिक बाटो तयार पारेको थियो।

त्यही बाटो प्रयोग गर्दै बिहीबार बिहानै सरकारी उद्धार टोलीका सदस्य सुरुङभित्र प्रवेश गरेका थिए। खोजीका क्रममा फसेका हुन सक्ने व्यक्तिमध्ये दुई जनालाई मृत अवस्थामा फेला पारिएको हो।

सुरुङभित्र अन्य व्यक्ति पनि फसेको आशंका गरिएकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १२ : ३८ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि