भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार « Khabarhub

भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको जनाएको छ। 

प्राधिकरणले नेपाली सेनाको हवाई उद्धारमार्फत चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतले बाढी तथा विपद्का घटनामा घाइते भएका कुल पाँच हजार १३५ जनाको उपचार गरिएको जानकारी दिइन् । उनले नेपाली सेनाबाट तीन हजार २०६, सशस्त्र प्रहरी बलबाट एक हजार ६२८ र विभिन्न अस्पतालमा ३०१ जनाको उपचार गरिएको जानकारी दिइन् ।  
    
प्राधिकणका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ९४८ जना ‘होल्डिङ सेन्टर’मा  छन् । 

‘नुवाकोटमा दुई हजार ९८१, धादिङमा २६०, रसुवामा ३२० र काठमाडौँमा ३८७ जना रहेका छन्,’ प्रवक्ता महतले भनिन्, ‘खोज, उद्धार तथा राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेना नौ हजार २८७, नेपाल प्रहरी सात हजार ९१२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।’

उनका अनुसार प्रभावित क्षेत्रमा काठमाडौँबाट ४५ ट्रक, ३७ बोलेरो, नौ हेलिकप्टर उडान र १४ मिनीट्रकमार्फत राहत सामग्री पठाइएको तथा सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवामा १३० हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ ।

प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा हाल ४६ हजार लिटर डिजेल, २४ हजार लिटर पेट्रोल र २१ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । 

नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आएका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ३ : १० बजे

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार

अब उपभोक्तालाई ग्यास दिएर मात्रै व्यावसायिक क्षेत्रलाई दिइने

काठमाडौं– अब उपभोक्तालाई ग्यास उपलब्ध गराएर मात्रै अन्य व्यावसायिक क्षेत्रलाई