मन्त्रीबाट बिदा हुनु दुर्भाग्य नभइ भाग्य– गोकर्ण विष्ट « Khabarhub

मन्त्रीबाट बिदा हुनु दुर्भाग्य नभइ भाग्य– गोकर्ण विष्ट


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्री पदबाट विदा हुनु दुर्भाग्य नभइ भाग्य ठानेको टिप्पणी गरेका छन् ।

श्रम मन्त्रीबाट विदाभएसँगै मन्त्रालयको कामकारवाहीबारे जानकारी दिन विहीवार(आज) आयोजित पत्रकार सम्मेलनमा पूर्व मन्त्री विष्टले स्थायी सरकारको अस्थायी मन्त्रीको रुपमा विदा भएको बताए । उनले राजनीतिक तरलताले गर्दा आफू विदा हुनु परेको बताए ।

आफूले मन्त्रालयमा रहँदा लाखौं श्रमिकको हितको पक्षमा काम गरेको मन्त्री विष्टको दाबी थियो ।

‘यो लाखौं श्रमिकको भविष्यको मन्त्रालय हो र राम्रो बनाउन प्रयास गरेको थिएँ’ उनले भने,‘पार्टी र सरकारले नरुचाएको कारण विदा भएँ ।’
उनले शुरुमा चार कोठामा सिमित भएको मन्त्रालयलाई व्यवस्थित गर्ने काम आफूले गरेको मन्त्री विष्टको भनाइ थियो ।

आफ्नो कार्यकालमा पाँच देशसँग श्रम सम्झौता, १६ देशसँग काउन्सुलर मार्फत श्रम सम्झौताको प्रयास भएको उनको भनाइ थियो ।
आफ्नो कार्यकालमा श्रम मन्त्रालयलाई स्थानीय तहसँग जोड्न पहल गरेको उनको भनाइ थियो ।

आफूलाई श्रम मन्त्रालयको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री केपी ओलीलाई विष्टले धन्यावाद दिए ।

मन्त्रालयका सचिव विनोद केसीले मन्त्रीको रुपमा गोकर्ण विष्टसँग काम गर्न पाउदा खुसी लागेको बताए । आफूलाई अझै मन्त्रीको रुपमा विष्टसँग काम गर्न मन भएपनि नपाएको उनको दुखेसो थियो ।

‘गरीबीको रेखामा रहेका जनतालाई माथि उठाउने गरि उहाँले काम गर्नुभयो’ सचिव केसीले भने ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम बुधवार साँझ २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्गठन गरेकी थिइन् ।

जसमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विदा भएका थिए ।

गोकर्णले सम्हालेको मन्त्रालय रामेश्वर राय यादवको भागमा परेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १ : ४१ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका