पीएसएल : लाहोर कलान्दर पेशावरविरुद्ध खेल्दै, कस्तो रहला सन्दीपको प्रदर्शन ? « Khabarhub

पीएसएल : लाहोर कलान्दर पेशावरविरुद्ध खेल्दै, कस्तो रहला सन्दीपको प्रदर्शन ?


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विश्वका ट्वान्टी-२० फ्रेन्चाईज लिगहरुमा व्यस्त नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला युएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) खेलिरहेका छन् ।

पीएसएलमा सन्दीप दक्षिण अफिकाका पूर्व क्रिकेटर एवि डेभिलर्सको कप्तानीमा रहेको लाहोर कलान्दरबाट खेलिरहेका छन् । लाहोरबाट खेलिरहेका सन्दीप आज(मंगलबार) हुने पेशावर जल्मीविरुद्ध मैदान उत्रिदै छन् ।

प्रतियोगिताको पाँचौं स्थानमा रहेको लाहोरका लागि सन्दीप पहिलो रोजाईका खेलाडी हुन् । उनले पीएसएलमा आफुलाई प्रभावकारी बलरका रपमा प्रस्तुत गरिसकेका छन् । पेशावरविरुद्धको खेल खेल्नु अघि लाहोरले एक भिडियो सार्वजनिक गर्दै आजको खेललाई महत्वपूर्ण खेल भनेको छ ।

लिगको चौथोस्थानमा रहेको पेशावरलाई रोक्न सन्दीपको बलिङ जादु चल्ला भन्ने नेपाली क्रिकेट प्रशंसकमाझ कौतुहलता बनेको छ ।

पीएसएलमा सन्दीप प्रत्येक खेलमा आफुलाई प्रभावकारी बलरका रुपमा प्रमाणीत गरिसकेका छन् । सन्दीपले जारी प्रतियोगितामा १६ ओभर बलिङ गर्दै ९३ रन खर्चेर १० विकेट लिँदै सर्वाधिक विकेट लिनेको सूचिको शीर्ष तेस्रो स्थानमा छन् ।

सर्वाधिक विकेट लिनेको सूचिको शीर्ष स्थानमा लिगमा ६ खेलमा १६ विकेट लिएका पेसावर जल्मीका खेलाडी हसन अलि रहेका छन् भने दोस्रो स्थानमा लिगका ७ खेलमा ११ विकेट लिएका लाहोरका अर्का खेलाडी हसज राउफ छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : ४९ बजे

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्‌मा दर्ता

काठमाडौं– सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक नियमावली

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय

इजरायलमा अक्टोबर २७ मा आम चुनाव हुने

एजेन्सी– क्षेत्रीय युद्ध, आन्तरिक राजनीतिक दबाब र भ्रष्टाचारसम्बन्धी मुद्दाबीच इजरायलले

कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर चल्यो 

विराटनगर– विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण

बत्ती अवरुद्ध हुने समस्या समाधान गर्न कर्णालीमा ‘यान्त्रिक क्रेन’ पठाइने

काठमाडौँ– सरकारले कर्णालीमा विद्युत् अवरुद्ध हुने समस्या समाधानका लागि ‘यान्त्रिक