सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिए गोकर्ण विष्ट « Khabarhub

सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिए गोकर्ण विष्ट


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरिन् ।

मन्त्रिमण्डल पुनर्गठन हुँदा ९ जना नयाँ अनुहारले मन्त्री बन्ने अवसर पाए भने केही मन्त्री बिदा भए ।

बिदा हुनेहरुमा हुनेमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव छन् ।

त्यसैगरी राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त भएका छन् ।

जसमध्ये श्रम मन्त्री गोकर्ण विष्टलाई मन्त्रीबाट बिदा गरेको विषय सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।

धेरैले मन्त्री विष्टलाई बिदा गरेकोमा असन्तोष व्यक्त गरिरहेका छन् ।

ट्याक्सी चढेर बाहिरिए

बुधवार मन्त्रीबाट हटेका गोकर्ण विष्ट विहीवार(आज) दिउँसो मन्त्रालय पुगेका थिए ।

आफ्नो कार्यकालमा भएका उपलव्धिहरु बारे चर्चा गर्न र धन्यवाद ज्ञापन गर्न विष्ट मन्त्रालय पुगेका थिए । त्यहाँ उनले आफूले मन्त्रालय सम्हालेपछि गरेका कामको चर्चा गरे र आफूलाई मन्त्रीको जिम्मेवारी दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए ।

कार्यक्रम सहिएपछि उनी सिंहदरबारबाट ट्याक्सी चढेर बाहिरिएका थिए । बिदाइ कार्यक्रमलाई सम्बोधन सकेर ऊनी श्रम मन्त्रालयबाट घर गएका छन् । बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री नभए पनि श्रमिक कामदारको पक्षमा काम गरिरहने बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  २ : ३१ बजे

त्यो असारजस्तो किन छैन यो असार ?

ग्रीष्मको प्रचण्ड रापले डढेको माटोलाई शीतल जलकणले सिञ्चित गर्दै आउने

कञ्चनपुर डेङ्गुको जोखिममा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै जिल्लामा

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ– बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको