बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस् « Khabarhub

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ  ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ज्यान जोगाउनु रहेको स्मरण गराउँदै संकटको घडीमा राज्यको बलियो उपस्थिति देखाउन आग्रह गरिन् ।

उनले रसुवामा विनाशकारी बाढी आएको दुई हप्ताभन्दा बढी बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको आरोप लगाइन् । यो केवल प्राकृतिक विपत्ति नभई सयौँ परिवारको जीवनसँग जोडिएको गम्भीर राष्ट्रिय सङ्कट भएको उनले बताइन् । 

उनले रसुवा घटनापछि दैलेख तथा कर्णाली क्षेत्रका थुप्रै नागरिकहरू अझै सम्पर्कविहीन रहेकाले सम्पर्कविहीनहरूको यथार्थ विवरण तत्काल अद्यावधिक गरी परिवारजनलाई सही सूचना दिन सरकारसँग माग गरिन् । 

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  १ : ५२ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली