बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनः सञ्चालन « Khabarhub

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनः सञ्चालन


२४ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनःसञ्चालनमा ल्याएका छन् । चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित थेराङ र सुराङ खोलामाथि फड्के हालेर पदमार्ग पुनःसञ्चालनमा ल्याइएको हो । 

चुमनुब्री गाउँपालिका–४ वडाअध्यक्ष पेमा ग्याल्पो लामाका अनुसार गत आइतबार नाम्रुङस्थित फलामे पुल थेराङ खोलाको बाढीले बगाएको थियो । यस्तै सुक्समको झोलुङ्गे पुल पनि बूढीगण्डकीको बाढीले बगाएको थियो । सुक्सममा पहिरोले बाटो बगाएपछि आवतजावत बन्द भएको थियो ।

अहिले बूढीगण्डकीले पुल बगाएपछि अवरुद्ध भएको सुक्सममाथि वैकल्पिक बाटो बनाएर आवतजावत खुलाइएको वडाअध्यक्ष लामाले बताए।

‘थेराङमा फड्के बनाएपछि त्यहाँ बाटो खुलिसकेको छ’, उनले भने, ‘सोमबार र मंगलबार सुक्सममाथि वैकल्पिक बाटो खनेर सुरङ खोलामाथि फड्को बनाएर अस्थायी आवतजावत खुलाएका छौँ ।’ 

काठको मुढा तेस्र्याएर दुइतर्फी बार लगाएको फड्के निर्माण गरिएको वडाध्यक्ष लामा बताउनुहुन्छ । सुराङको फड्के तरेर स्याउबारी हुँदै नाम्रुङ निस्कने वैकल्पिक बाटो निर्माण भएको छ ।

आइतबार बिहान थेराङ खोलामा गएको बाढीले नाम्रुङका चार घर, दुई लघुजलविद्युत् र एक पुल बगाएको थियो । साथै, सोही बाढीले बूढीगण्डकीको बहाव बढ्न गई सुक्समस्थित झोलुङ्गे पुल बगाएको र पहिरोसमेत झरेपछि मनास्लु पदमार्ग अवरुद्ध बनेको थियो । 

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ६ : १२ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली