उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे « Khabarhub

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पार्टीका सांसद अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् ।

पार्टीको केन्द्रीय निर्देशनविपरीत एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै लुम्बिनी प्रदेशका सांसद सन्तोषकुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई भदौ १९ गते नै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पदमुक्त गरिएको उनले बताएका छन् । उनलेे सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै लुम्बिनीका सभामुखको विरोध गरेका हुन्।

ललितपुरको बालकुमारीमा तीन दिनसम्म बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरी अनुशासन उल्लंघन गरेको भन्दै चारैजना प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

यादवले पार्टीबाट निष्कासित भइसकेका व्यक्तिहरूको निर्णय र सिफारिसका आधारमा जसपा नेपालका अर्का सांसद काफ्लेलाई पदमुक्त गर्नु निन्दनीय र अवैधानिक भएको दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘मुख्यमन्त्री पद त एउटा पार्टीगत होला, तर सभामुख भनेको दलीय राजनीति त्यागेर निष्पक्ष निर्णय गर्ने पदीय जिम्मेवारी हो ।’

लुम्बिनी प्रदेशका सभामुख घर्तीले जसपा नेपालविरुद्ध स्वेच्छाचारी ढंगले निर्णय गरेको आरोप लगाउँदै यादवले उनको निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।

‘प्रचण्डका कार्यकर्ता भएर सभामुख बनेका तुलाराम घर्तीको यो निर्णयले निकट भविष्यमा उनकै पद र प्रतिष्ठाको धज्जी उठाउने छ,’ यादवले भनेका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  १० : २९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग