राजधानीमा चल्ने ट्याक्सीलाई शुक्रबारबाट नयाँ नियम « Khabarhub

राजधानीमा चल्ने ट्याक्सीलाई शुक्रबारबाट नयाँ नियम


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले पहिलोपटक विद्युतीय ट्याक्सीलाई समेत समेटेर ट्याक्सीको नयाँ मापदण्ड तयार पारेको छ । नयाँ मापदण्ड शुक्रबारबाट कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

आगामी दिनमा नयाँ ट्याक्सीको दर्ता खुले विद्युतीय ट्याक्सी समेत दर्ता गर्न पाउने गरी १२०० सीसीभन्दा कम क्षमताका इन्धनबाट चल्ने ट्याक्सी सञ्चालन गर्न नपाइने व्यवस्थासहित मापदण्ड तयार पारिएको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, ‘नयाँ मापदण्ड तयार भइसकेकाले शुक्रवारसम्म कार्यान्वयनमा ल्याउँछौं ।’

उनका अनुसार सामान्य गाडीमा हुने सबै विशेषता, उच्च इन्जिन क्षमता र ग्राउन्ड क्लीरेन्स, भित्री भागमा ठूलो स्पेश, अनिवार्य सुरक्षा फिचर्स, विभिन्न स्मार्ट प्रणाली, एसी लगायतको सुविधासहित यात्रा गर्न सहज हुने गरी ट्याक्सीको नयाँ मापदण्ड तयार गरिएको छ ।

मापदण्डमा काठमाडौंलाई सुहाउँदो, वातावारणमैत्री र यात्रुलाई आकर्षित गर्ने अत्याधुनिक सुविधाहरू ट्याक्सीमा हुनुपर्ने कुरा समेटिएको उनले बताए ।

विभागले २०७५ चैतमा नै ट्याक्सीको नयाँ मापदण्ड बनाएर यातायात व्यवस्था विभागमा पठाएको थियो । नयाँ ट्याक्सी दर्ता खोल्न प्रस्तावसहित विभागमा ट्याक्सीको मापदण्ड पठाइएको थियो ।

मन्त्रालयले ट्याक्सीको मापदण्ड विभागकै अधिकार भएको भन्दै १ महिना अगाडि मस्यौदा विभागमै फिर्ता पठाएको थियो ।मापदण्ड तयार भए पनि नयाँ ट्याक्सी दर्ता नखुल्दा ट्याक्सीमा रहेको सिन्डिकेट भने कायम रहने देखिन्छ ।

हाल राजधानीमा करीब ९ हजार ट्याक्सी सञ्चालनमा छन् । सरकारले २०५७ देखि नयाँ ट्याक्सी दर्ता रोकेकोमा २०७२ मा ३ हजार ३५० वटा ट्याक्सी थपेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  १० : ०० बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु