उपनिर्वाचन सरकार परिवर्तनका लागि नभई सच्याउनका लागि : नेता कोइराला « Khabarhub

उपनिर्वाचन सरकार परिवर्तनका लागि नभई सच्याउनका लागि : नेता कोइराला


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली काँग्रेसका नेता शेखर कोइरालाले आसन्न उपनिर्वाचन सरकारको परिवर्तनका लागि नभई उसलाई सच्याउनका लागि भएको बताएका छन् ।

कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–१६ अर्मलाको र्‍यालीमा आयोजित चुनावी सभामा उनले वर्तमान सरकारबाट जनताले ठूलो आशा गरे पनि त्यो पूरा हुन नसकेको आरोप लगाए ।

सरकारको अलोकतान्त्रिक गतिविधिका साथै देशमा महङ्गी, भ्रष्टाचार, हत्या हिंसा जस्ता गतिविधिले प्रश्रय पाएको बताउँदै उनले सरकारलाई सही बाटोमा डोर्‍याउनका लागि यो चुनावमा काँग्रेसले जित्नुको विकल्प नभएको उल्लेख गरे ।

काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्‍याएर बिसाउने प्रतिबद्धता व्यक्त गरे । आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै उनले अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने दाबी गरे ।

 

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ९ : ४५ बजे

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त