भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन « Khabarhub

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ ।

जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मङ्गलवार सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको धनजनको प्रारम्भिक क्षतिका विवरण एक महिनाभित्र सङ्कलन गर्न नवगठित मूल्याङ्कन समितिलाई कार्यादेश दिएको उनले जानकारी दिए । 

समितिमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजना, सहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना, नेपाल इन्टरमोडललगायत २५ सरकारी तथा गैरसरकारी संस्था/निकायका प्रमुख प्रतिनिधि सदस्य रहेका छन् । समितिको सदस्यसचिवमा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी रहेका छन् ।

बाढीका कारण स्याफ्रुबेँसीमा रहेको गोसाइँकुण्ड गाउँपालिकाको भवन बगाएपछि गाउँपालिकाको नियमित कार्यसञ्चालनका लागि रसुवा भूसंरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णयसमेत भएको छ ।

त्यसैगरी, बेत्रावतीको खाल्टेमा बाढीले बगाएको उत्तरगया गाउँपालिकाको भवन पुनर्निर्माणका लागि बेत्रावतीमाथि रहेको सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा अन्य विपद्सम्बन्धी कार्यका लागि निजी कम्पनीका हेलिकप्टर प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित सङ्घसंस्था वा व्यक्तिले माग गरेअनुसार रसुवा उडानको अनुमति लिन लिखित अनुरोध प्राप्त भए जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बाढीले रसुवाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । क्षतिको एकिन विवरण सङ्कलन गरी राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन तथ्याङ्क सङ्कलन समितिले काम गर्ने जनाइएको छ ।

यस्तै बाढी बगाएका रसुवा, नुवाकोट सिमाना बेत्रावतीको फलाखुखोला, स्याफ्रुबेँसीको भोटेकोसी तथा रोङ्गा खोलामा बेलीब्रिज छिटोभन्दा छिटो जडान गरी सडक एवं पैदलमार्गको सञ्जाल जोडिदिन रसुवा नागरिक समाजले अनुरोध गरेको छ । रासस
 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ११ : ४८ बजे

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं– नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल

रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्‍यो अल-नासर

काठमाडौं- क्रिस्टियानो रोनाल्डोसमेत मैदानमा उत्रिँदापनि अल–नासर एएफसी च्याम्पियन्स लिग एलिटमा

अर्बाउदीका घर-घरमा शुद्ध खानेपानीका धारा

बागलुङ– खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप