अर्थ समाचार : ‘द ग्रे जोन’ को रिपोर्टबारे रवि बोल्दा अर्थमन्त्री मौन, निक्षेप संकलनका लागि बोलकबोल आह्वान र नेप्से २१ अंकले घट्यो « Khabarhub

अर्थ समाचार : ‘द ग्रे जोन’ को रिपोर्टबारे रवि बोल्दा अर्थमन्त्री मौन, निक्षेप संकलनका लागि बोलकबोल आह्वान र नेप्से २१ अंकले घट्यो


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १९ अंकले घटेर दुई हजार ६१२ दशमलव ४२ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७७ अंकले घटेर ४६३ दशमलव ६८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ५० अंकले घटेर १७९ दशमलव ६३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ३२ अंकले घटेर १५६ दशमलव ५८ मा पुगेको छ ।

नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

रवि-बालेनलाई मुछेको ‘द ग्रे जोन’को रिपोर्टबारे जवाफ दिनै मानेनन् अर्थमन्त्रीले

प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको भनेर आएको समाचारबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मौनता साँधेका छन्।

केही दिनअघि रास्वपाको उदयमा अमेरिकी लगानी रहेको भनेर त्यहीँको सञ्चारमाध्यम ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक समाचारबारे बुधबार सिंहदरबारमा पत्रकारहरूले प्रश्न गर्दा वाग्ले पन्छिएर हिँडेका हुन्।

अर्थमन्त्रालय परिसरबाट बाहिरिने क्रममा उनलाई पत्रकारले घेरेका थिए । तर तीनदेखि चार पत्रकारले पटक पटक प्रश्न दोहोर्‍याउँदा पनि वाग्लेले एक वाक्य निकालेनन्।

‘ग्रे जोनको रिपोर्टबारे बोलिदिनु न, प्रधानमन्त्री र सांसदहरूकै नाम जोडिएर आएको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ’, एकजना पत्रकारले यसरी सोध्छन् । तर उनको यो प्रश्न पूरै सुनेर पनि वाग्लेले एक शब्द उत्तर दिएनन्।

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ७ : ०९ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको