ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति « Khabarhub

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँग संवाद गर्न स्पष्ट रूपमा इच्छुक रहेको बताएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लीले ट्रम्प उत्तर कोरियाली नेता किम जोङ–उनसँग वार्ता गर्न चाहनुभएको स्पष्ट देखिएको बताउँदै आफूले पनि ट्रम्पलाई संवादमा सहभागी हुन आग्रह गरिरहेको जानकारी दिए। 

ट्रम्पले यसै वर्ष किमसँग भेट गर्ने योजना रहेको बताउँदै पहिलो कार्यकालमा स्थापित सम्बन्धलाई पुनः सक्रिय बनाउन खोजिरहेका छन् ।

राष्ट्रपति लीले अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने सम्भावना कठिन भए पनि असम्भव नरहेको बताए। संवाद पुनः सुरु भएमा कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्व कायम गर्न तथा दक्षिण र उत्तर कोरियाबीचको संवादको वातावरण बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

‘उत्तर कोरिया र अमेरिकाबीच संवाद सम्भव बनाउन म प्रारम्भिक मध्यस्थका रूपमा आफ्नो भूमिका निरन्तर निर्वाह गरिरहेको छु,’ उनले भने।

ट्रम्पले गत महिना उत्तर कोरियासँग ५७ वटा ‘अत्यन्त शक्तिशाली’ आणविक हतियार रहेको दाबी गरेका थिए। दक्षिण कोरियाको अनुमानमा भने उत्तर कोरियासँग करिब ८० देखि १२० वटा आणविक हतियार छन्।

पछिल्ला वर्षमा रुसबाट महत्त्वपूर्ण सहयोग पाइरहेको उत्तर कोरियाले ट्रम्पको वार्ताको प्रस्तावबारे हालसम्म स्पष्ट प्रतिक्रिया दिएको छैन।

यसैबीच, राष्ट्रपति लीले इरान युद्धमा दक्षिण कोरियाले सैन्य रूपमा संलग्न नहुने स्पष्ट पारेका छन् । हर्मुज जलडमरूमध्यमा सम्भावित भूमिकाबारे चर्चा भइरहे पनि व्यापारिक जहाज, तेल आपूर्ति मार्ग र आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक न्यूनतम गतिविधि मात्र गरिने उनले बताए।

‘हामीले गैर–संलग्नता र गैर–हस्तक्षेपको सिद्धान्तलाई समर्थन गर्दै आएका छौँ र त्यसलाई निरन्तर अघि बढाउनेछौँ,’ उनले भने ।

दक्षिण कोरियामा अमेरिकाका करिब २८ हजार ५०० सैनिक तैनाथ छन्। यसैबीच, अमेरिकासँग भएको व्यापार सम्झौताअनुसार दक्षिण कोरियाले अमेरिकी आयात शुल्क घटाउने व्यवस्थाको बदलामा अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ। 

उक्त लगानीका परियोजना तथा अन्तिम सर्तबारे दुई देशबीच अझै वार्ता जारी रहेको राष्ट्रपति लीले बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १२ : ४८ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११