ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान « Khabarhub

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान


४ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको पकड थप बलियो हुने अपेक्षा गरिएको रुसी संसदीय निर्वाचनको तेस्रो तथा अन्तिम दिन आइतबार मतदान हुँदैछ ।

राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गर्ने सत्तारुढ ‘युनाइटेड रसिया’ पार्टीले यसपटक पनि बहुमत हासिल गर्ने अपेक्षा गरिएको छ । सन् २००३ यता भएका सबै संसदीय निर्वाचनमा उक्त पार्टी विजयी हुँदै आएको छ ।

निर्वाचनअघि रुसको सर्वोच्च अदालतले युद्धविरोधी ‘याब्लोको’ पार्टीलाई सङ्घीय सूचीमार्फत चुनावमा प्रतिस्पर्धा गर्न रोक लगाएको थियो । चुनावमा सहभागी अन्य प्रमुख दलहरूले पुटिन र युक्रेनमा जारी सैन्य कारबाहीलाई समर्थन गर्छन् । यद्यपि, ‘याब्लोको’का केही उम्मेदवार एकल निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।

सन् २०२२ मा युक्रेनमा सैन्य कारबाही सुरु भएपछि रुसमा भएको यो पहिलो संसदीय निर्वाचन हो । यसले युद्धप्रति रुसी जनमतको केही सङ्केत दिने अपेक्षा गरिएको छ ।

पुटिनले रुसी नागरिकलाई मतदानमा सहभागी हुन आग्रह गर्दै यसलाई रुसी सेनाप्रतिको समर्थन र देशलाई कमजोर पार्न खोज्नेहरूलाई दिइने जवाफका रूपमा प्रस्तुत गरेका छन् ।

यसैबीच, मस्कोका मेयर सर्गेई सोब्यानिनले मतदानको अन्तिम दिन सुरु हुनुअघि रुसी हवाई प्रतिरक्षा प्रणालीले एक हजार ६०० भन्दा बढी ड्रोन खसालेको बताएका छन् ।

उनका अनुसार तीमध्ये करिब ४५० ड्रोन मस्कोतर्फ अघि बढिरहेका थिए । उनले उक्त आक्रमण निर्वाचनमा अवरोध पुर्‍याउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।

रुसको तल्लो सदन ‘स्टेट डुमा’का ४५० सिटका लागि भइरहेको मतदान आइतबार १८ः०० जीएमटीसम्म जारी रहनेछ ।

निर्वाचनको समयमा देशमा सम्भावित सैन्य परिचालनबारे पनि चर्चा भएको छ । सन् २०२२ मा तीन लाख रिजर्भ सैनिक परिचालन गरिएपछि ठूलो सङ्ख्यामा रुसी पुरुष देश छाडेर गएका थिए । पुटिनले भने तत्काल त्यस्तो कुनै योजना नरहेको बताएका छन् ।

यसैबीच, रुसकी केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एला पामफिलोभाले मस्कोको विद्युतीय मतदान प्रणालीमाथि ‘शक्तिशाली’ साइबर आक्रमण भएको बताएकी छन् । उनका अनुसार आक्रमणकारीले सुदूरपूर्वी क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध गर्ने प्रयास गरेका थिए ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार साँझसम्म करिब ४० प्रतिशत मतदान भएको थियो । रासस
 

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  १ : ४२ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।