रास्वपाकै सांसदको गुनासो : ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो « Khabarhub

रास्वपाकै सांसदको गुनासो : ‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले दसैँका बेला हवाई भाडा अत्यधिक बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सडक अवरुद्ध हुँदा सुदूरपश्चिम जाने हवाई टिकटको भाडा झन् महँगिएको गुनासो गरिन् ।

उनले व्यङ्ग्यात्मक शैलीमा आन्तरिक हवाई उडानको भाडा जहाजभन्दा छिटो माथि उडिरहेको टिप्पणी गरिन् । दसैँमा घर फर्किने यात्रुको चाप र बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा एयरलाइन्सले माग र आपूर्तिको आधारमा भाडा निर्धारण गरे पनि नागरिकका लागि त्यो बाध्यताको मूल्य बनेको उनको भनाइ थियो ।

‘दिल्ली पुग्न सस्तो, आफ्नै सुदूरपश्चिम पुग्न महँगो भयो,’ उनले भनिन्, ‘दिल्लीभन्दा सुदूरपश्चिमलाई सस्तो बनाइदिनुहोस्।’

सांसद अवस्थीले एयरलाइन्स कम्पनीहरूलाई पनि नागरिकको बाध्यताको फाइदा नउठाउन आग्रह गरिन् । उनले भनिन्, ‘भाडा होइन, जहाज उडाउनुहोस् । नाफा कमाउनुहोस्, नागरिकको बाध्यता होइन।’

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १ : ५८ बजे

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित

उत्पादन बढेपछि केरा किसानले पाएनन् मूल्य

चितवन– केराको उत्पादन बढेसँगै उचित मूल्य नपाएपछि चितवनका किसान मर्कामा

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं– यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने