प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक’ पारित « Khabarhub

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक’ पारित


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित भएको छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन्। उनले बालबालिकाको अधिकार सर्वोपरि राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

तालिम लिन चाहने विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको उल्लेख गर्दै उनले विधेयकमा दूरदराजका विद्यार्थीका लागि तालिम र विकटका विषयलाई प्राथमिकतासहितका प्रावधान गरिएको बताइन्।

यसअघि विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले भाग लिँदै आ-आफ्ना धारणा व्यक्त गगरेकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ६ गते दिउँसो १ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : ०० बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष