बसभित्रै आत्मदाह प्रयास गरेका दावाको शरीर ९० प्रतिशत जल्यो, अवस्था गम्भीर « Khabarhub

बसभित्रै आत्मदाह प्रयास गरेका दावाको शरीर ९० प्रतिशत जल्यो, अवस्था गम्भीर


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसभित्रै आगो लगाएर आत्मदाह प्रयास गरेका चालक २५ वर्षीय दावा लामाको अवस्था चिन्ताजनक रहेको छ।

प्रहरीले बसबाट झिकेर उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएका दावाको ९० प्रतिशत शरीरको भाग जलेको पाइएको छ। दावा ललितपुरको बागमती नगरपालिका-७ निवासी हुन् ।

कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख एवम् सिनियर कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. विशाल कार्कीले चालक लामाको शरीरको ९० प्रतिशत भाग जलेर अवस्था गम्भीर रहेको बताएका छन्।

बा.५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक लामाले सोमबार त्रिपुरेश्वरमा आफूभित्रै रहेको अवस्थामा बसमा आगो लगाएका थिए । यात्रु नरहेको बसभित्र आफूलाई थुनेर गरिएको आत्मदाह प्रयासका कारण उनी चिन्ताजनक अवस्थामा पुगेका हुन्।

चालक लामाले आफ्नै बसभित्र किन आत्मदाह प्रयास गरे भन्ने खुलेको छैन। जानकारीअनुसार ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान छ। तर प्रहरीले यसबारे ठोस धारणा दिएको छैन।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। उनले घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने जानकारी दिएका छन्।

त्रिपुरेश्वरमै यसअघि पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। पछिल्लो घटनाले नागरिक र राज्य संयन्त्रबीचको व्यवहार तथा गुनासो सम्बोधनको अवस्थामाथि समेत प्रश्न उठाएको छ।

प्रहरीले घटनाको कारण, बसमा आगजनी गर्नुको परिस्थिति तथा ट्राफिक प्रहरीसँग भएको भनिएको विवादबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : ३६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका