रत्नपार्कमा बसेर ड्रग्सको कारोबार, ग्राहक बनेर गएको प्रहरीद्वारा ३ जना पक्राउ « Khabarhub

रत्नपार्कमा बसेर ड्रग्सको कारोबार, ग्राहक बनेर गएको प्रहरीद्वारा ३ जना पक्राउ


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको रत्नपार्क लगायत क्षेत्रमा लागू औषध बिक्री गर्ने गिरोहका सदस्य पक्राउ परेका छन् ।

प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लामो समयदेखिको अनुसन्धानपछि रत्नपार्क लगायत काठमाडौंका शहरी क्षेत्रमा लागू औषध बिक्री गर्ने ३ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरोबाट ग्राहकको रुपमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३६ वर्षीया महिलासहित २ पुरुष छन् ।

प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका घर भएका ५५ वर्षीय रमेश शिवभक्ति, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका घर भएकी ३६ वर्षीया सुनिता गोले र काभ्रेको चन्द्रोदय गाउँपालिका घर भएका २४ वर्षीय धनबहादुर वाइवा रत्नपार्क क्षेत्रबाट पक्राउ परेका हुन् ।

प्रहरीले ५५ वर्षीय शिवभक्तिको साथबाट डाईजेपाम १९४ एम्पुल, ब्रुफेनोर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल बरामद गरेको छ ।

यस्तै, सुनिता र धनबहादुरको साथबाट डाईजेपाम १४८७ एम्पुल, ब्रुफेनोर्फिन १५६४ एम्पुल, फेनारगन १५७० एम्पुल र लागू औषध नाईट्रोजेपाम (नाईट्रोभेट) ५५५० ट्याब्लेट बरामद भएको ब्यूरोले जानकारी दिएको छ ।

पक्राउ परेका रमेश शिवभक्ती र धनवहादुर वाईवा यसअघि पनि लागू औषध कारोवारमा संलग्न रहेका पाइएको छ । उनीहरू नेपाल भारतको सिमा नाकाबाट नियन्त्रित मनोद्विपक पदार्थ काठमाण्डौ भित्र्याउने मुख्य व्यक्तिहरु रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ५ : ३९ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने