सरकारबाट बाहिरिए मात्र समाजवादीसँग एकता सम्भव : महतो « Khabarhub

सरकारबाट बाहिरिए मात्र समाजवादीसँग एकता सम्भव : महतो


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिए मात्र पार्टी एकता सम्भव हुने बताएका छन् ।

जनकपुरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग संयोजक महतोले समाजवादी पार्टी सरकारसँग बाहिरिएकाले एकताको सम्भावना तत्कालका लागि नभएको बताए ।

उनले भने, “देशमा काँग्रेस र कम्युनिष्ट शक्तिको विकल्पमा नयाँ वैकल्पिक शक्तिको खाँचो छ, त्यसलाई हामी पूरा गर्न लागेका छौँ, तर समाजवादी पार्टीले सरकार नछोडेसम्म एकताको सम्भावना छैन ।”

उनले राजपा नेपाल वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढेको भन्दै सरकारमा गएर वैकल्पिक शक्तिको निर्माण नहुने भएकाले समाजवादीसँग तत्काल एकता सम्भव नरहेको बताए ।

महतोले सरकार बाहिर रहेका सम्पूर्ण शक्तिलाई जनभावनाअनुरूप वैकल्पिक शक्ति निर्माणमा सहयोग गर्न आग्रह गर्दै भने, “लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माणका लागि अहिले पनि समाजवादी लगायतका पार्टीसँग एकताको विषयमा कुरा अघि बढिरहेको छ ।”

मन्त्रिमण्डल पुनर्गठनको विषयमा उनले प्रतिपक्षी दल भएकाले पार्टीको चासोको विषय नभएको बताउँदै महतोले राजपाको सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताए ।

उनले भने, “हाम्रो माग सम्बोधन नभएसम्म सरकारलाई समर्थन गर्न सक्दैनौँ, त्यसैले त सरकारबाट समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ ।”

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ८ : ०७ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका