सप्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन « Khabarhub

सप्तरीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन


६ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– नेपाली भूमि अतिक्रमण गरिएको तथा नेपालमा गैर कानूनी गतिविधि बढाएको विरोधमा सप्तरीका स्थानीय युवाहरुले चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका छन् ।

सप्तरीको कञ्चनपुरमा स्वतन्त्र नागरिक समाजले चीन विरोधी प्रदर्शन गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चीन फिङको पुत्ला दहन गरेको हो ।

सप्तरी तथा जनकपुरमा समाजले गरेको चिनियाँ विरोधी प्रदर्शनमा सयौंको स‍ंख्यामा स्थानीय युवाहरु सहभागी भएका थिए । त्यस्तै स्वतन्त्र राष्ट्रवादी युवाहरुको समूहले यसअघि विभिन्न जिल्लामा चीन विरोधी प्रदर्शन गर्दै आएका थिए ।

नेपाली भूमि मिच्न पाइँदैन, गो ब्याक चाइना, नेपाली भूमि फिर्ता गर लगायत लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले नेपालको हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत सगरमाथको सिमानासमेत हडपेको आरोप लगाएका छन् ।

नेपाली भूमि मिचेको विरोधमा केही दिन अघि बर्दिया,  सर्लाही लगायतका जिल्लामा पनि चीन विरोधी प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ३३ बजे

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि

पुनर्वास नगरपालिकाद्वारा विपद् उद्धार सामग्री हस्तान्तरण

कञ्चनपुर– कञ्चनपुरको पुनर्वास नगरपालिकाले सशस्त्र प्रहरी बललाई विपद् उद्धार सामग्री

मेसीका लागि किन खास छ अर्जेन्टिनी टोली ?

काठमाडौँ – विश्वकप फुटबल २०२६ सकिनका लागि अब तीन खेल

हुप्सेकोटका पहिरो विस्थापित अझै पनि अस्थायी शिविरमा

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास, थप उपचारका लागि कीर्तिपुर रिफर

काठमाडौँ – रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर