भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन « Khabarhub

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम, क्षति र पुनःस्थापनाको अध्ययन गर्न नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ गठन गरिएको जानकारी दिए। समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहेका छन् । एक सदस्य पछि थप गरिनेछ।

समितिले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा विपद् जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत र क्षतिपूर्ति, घाइतेको उपचार, शव व्यवस्थापन तथा पुनःस्थापनाको अवस्थाबारे अध्ययन तथा समीक्षा गर्नेछ।

त्यस्तै, जलवायु परिवर्तनको प्रभाव विश्लेषण गर्दै प्रभावितको पुनःस्थापना, भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण तथा जलवायु न्यायका लागि दीर्घकालीन मार्गचित्र सिफारिस गर्ने समितिको कार्यक्षेत्र तोकिएको छ।

समितिले विपद् आउनुअघि जोखिमसम्बन्धी सूचना उपलब्ध गराउने वैज्ञानिक तथा आधुनिक पूर्वसूचना प्रणाली र प्रविधिको विकास तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संयन्त्रबारे सुझाव दिनेछ। विषयगत विज्ञसँग अन्तरक्रिया गरी विपद्को कारण, जोखिम र दीर्घकालीन प्रभावको वैज्ञानिक विश्लेषणसमेत गरिनेछ।

विपद् प्रभावित छिमेकी राष्ट्रसँग अनुभव, प्रविधि, सूचना तथा स्रोतसाधन आदानप्रदानका लागि सहकार्यको उपयुक्त ढाँचा तथा विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत र पुनःस्थापनामा सहकार्यका सम्भावनाबारे पनि समितिले अध्ययन गर्नेछ।

जलवायु परिवर्तनमा न्यून योगदान गरेका तर बढी प्रभावित राष्ट्रले बढी योगदान गर्ने राष्ट्रबाट क्षति तथा नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने अन्तर्राष्ट्रिय व्यवस्था र त्यसका सम्भावित कानुनी आधारबारे समेत समितिले अध्ययन गर्नेछ।

नयाँ बस्ती बसाउँदा भविष्यमा कम क्षति हुने स्थान पहिचानका लागि भूगर्भीय, भौगोलिक तथा जलवायुजन्य जोखिमका आधारमा वैज्ञानिक अध्ययन गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहनेछ। समितिले आवश्यक कार्यविधि, कार्ययोजना र कार्यतालिका बनाएर काम गर्न सक्नेछ भने प्रतिनिधिसभामा गठित विशेष समितिसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ४ : ३६ बजे

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का