सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार छलेर ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार बरामद गरिएका सामान र ट्याक्टर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट मोटरसाइकलमा ‘लोड’ गरी नेपालतर्फ ल्याउँदै गरेको दुई लाख ५१ हजार ८२० बराबरको कपडा बरामद भएको छ । मोटरसाइकल र ती कपडा पनि सोही कार्यालयमा बुझाइएको छ ।

सशस्त्रको टोलीले वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट इलाकाबाट एक लाख १२ हजार ८०० बराबरको स्मार्ट टिभी र टाँगा, घोडा पनि नियन्त्रणमा दिएर सोही कार्यालयमा बुझाएको छ ।

यसैगरी, आजै भन्सार छलि गरी ल्याइएका एक लाख ७३ हजार ७१० बराबरको कपडा, हार्डवेयरका सामान, भारतबाट अवैध रुपमा चार जनाले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको तीन लाख बराबरको विभिन्न किसिमको कपडा, ६० लाख बराबरको एसी, चार लाख २७ हजार ३८० बराबरको विभिन्न औषधि बरामद भएको छ ।

यसैबीच, बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा आयोजित निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरमा १०० जनाले निःशुल्क आँखा तथा दन्त परीक्षण गराएका छन् ।

पत्रकार तिवारी यादवको पहल तथा एलएस हस्पिटल एन्ड मेडिकल कलेजको सहयोगमा आयोजित शिविरमा सहभागी स्थानीयको आँखा तथा दाँत परीक्षण गर्नाका साथै स्वास्थ्य परामर्श पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ११ : ०६ बजे

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ