नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा « Khabarhub

नेपाल-भारतबीच जलवायु परिवर्तनमा समन्वय आवश्यक : प्रा. मोहपात्रा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्राध्यापक अनिलकुमार मोहपात्राले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा नियन्त्रणका लागि नेपाल र भारतबीच समन्वयात्मक रुपमा सहकार्य हुनुपर्ने बताएका छन् ।  

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् र त्रिभुवन विश्वविद्यालयस्थित नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) द्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा प्राध्यापक मोहपात्राले जलवायु परिवर्तन साझा सरोकारको विषय भएकाले संयुक्त संयन्त्रमार्फत काम गर्नुपर्ने सुझाव दिए ।

प्रधानमन्त्री वालेन्द्र शाहले हालै मात्र संयुक्त राष्ट्रसङ्घीय महासभामा जलवायु परिवर्तनको असर कम गर्न नेपाल, भारत र चीनले संयुक्त संयन्त्र निर्माण गरी काम गर्नुपर्ने भनी गरेको प्रस्तावको स्वागत गर्दै उनले यस्तो संयन्त्र त्रिदेशीय रुपमा काम गर्ने खालको र प्रभावकारी बनाउनुपर्ने बताए । 

उनले भने, ‘प्रधानमन्त्री शाहले भनेजस्तै विपत्‌को पर्खाल या सिमाना नहुने भएकाले जलवायु संकट समाधानमा हिमालयन क्षेत्रका यी तीन देशले उक्त संयन्त्र गठन गरेर प्रभावकारी रुपमा काम गर्दा राम्रो हुनेछ ।’

हालैको भोटेकोशी बाढीले तीन वटै देशका नागरिकलाई क्षति पुर्याएको प्रसङ्ग उल्लेख गर्दै प्राध्यापक मोहपात्राले हिमालय क्षेत्रका नागरिकलाई प्राकृतिक विपत्तिले पनि एकै प्रकारको क्षति पुर्याएको तथा सो बाढीमा परेर नेपाली, भारतीय, चिनियाँसहित धेरै देशका नागरिकको ज्यान गएको बताए। 

उनले नेपाल–भारत सम्बन्ध कुनै राजनीतिक कोणबाट हेर्न नहुने अद्वितीय खालको रहेको पनि बताए । उनले भारतले छिमेक प्रथम नीति लिएको जानकारी गराउँदै त्यसको पहिलो प्राथमिकतामा नेपाल पर्ने व्याख्या गरे।

प्राध्यापक मोहपात्राले भने, ‘भारतले आफ्नो छिमेक प्रथम नीति मार्फत नेपाललाई पहिलो प्राथमिकतामा राख्नुपर्छ र सो नीति सम्मान, सम्वाद, शान्ति र समृद्धिमा आधारित हुनुपर्छ ।’ 

सिनासका अध्यक्ष डा मृगेन्द्रबहादुर कार्कीले नेपाल–भारत सम्बन्धका विविध आयामबारे चर्चा गरे । उनले नेपाल–भारत सम्बन्धमा नेपालका शाहवंशीय राजाहरु राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका विदेश नीति एवं दिव्यउपदेशहरु महत्त्वपूर्ण रहेका बताए।  

प्राध्यापक आनन्द आदित्यले नेपाल–भारत सम्बन्ध राजनीतिक भन्दा माथि उठेर आर्थिक, सांस्कृतिक एवं जनसम्पर्क र सुमधुर सम्बन्धमा आधारित रहेको उल्लेख गरे।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : ५३ बजे

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा