काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको मतगणनामा चिरीबाबु महर्जनले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
सार्वजनिक मतपरिणामअनुसार महर्जनले १ हजार ५४० मत पाएका छन् ।
दोस्रो स्थानमा रहेका निश्चल राईले १ हजार ४८४ मत प्राप्त गरेका छन् भने डा. गोविन्दराज पोखरेल १ हजार ३६० मतसहित तेस्रो स्थानमा छन् । त्यस्तै, इन्द्रबहादुर बानियाँले १ हजार ३०२ र जितनारायण श्रेष्ठले १ हजार २७० मत प्राप्त गरेका छन्।
त्यसैगरी मोहन आचार्यले १ हजार २९२, प्रवल थापाले १ हजार २०७ र हिमाल दत्त श्रेष्ठले १ हजार १४५ मत पाएका छन् ।
राजीव कोइरालाले १ हजार १७३, गणेश लामा र विधान गुरुङले क्रमशः १ हजार ८५९ र १ हजार ५६ मत प्राप्त गरेको विवरणमा उल्लेख छ ।
यसैगरी सन्दीप राना, डा. शोभाकर पराजुली, ई. अमृत ज्ञवाली, भरतकुमार शाह, नरेन्द्रकुमार केडिया, अर्जुनप्रसाद जोशी, महेश खरेल, जनमजय तिमिल्सिना र ई. नवराज त्रिपाठीलगायत उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।
केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फ ४५ सिटका लागि मतगणना भइरहेको छ । सार्वजनिक विवरणमा कुल ५६ हजार ६३३ मत उल्लेख छ ।
हेर्नुहोस् पछिल्लो मत परिणाम :
















प्रतिक्रिया