मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण « Khabarhub

मध्यपूर्वको आर्थिक वृद्धिमा गिरावट आउने आईएमएफको प्रक्षेपण


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैंकक– मध्यपूर्वमा जारी युद्धका कारण खाडी मुलुकहरूको अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ऊर्जा सम्पन्न मध्यपूर्वी देशहरूको अर्थतन्त्रमा सुधार आउन समय लाग्ने जनाएको छ । 

युद्धले विभिन्न क्षेत्रमा दीर्घकालीन असर पार्ने भएकाले अर्थतन्त्र तत्काल युद्धअघिको अवस्थामा फर्कन नसक्ने आईएमएफका क्षेत्रीय निर्देशक जिहाद अजोरले बिहीबार बताएका छन् । 

इरानबाट सुरु भएको युद्ध साउदी अरब र यमनसम्म फैलिँदा क्षेत्रीय सुरक्षा र आर्थिक गतिविधिमा असर परेको छ । विशेषगरी समुद्री मार्गबाट हुने ऊर्जा ढुवानी प्रभावित हुँदा विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत चिन्ता बढेको छ ।

अजोरका अनुसार युद्धका कारण विभिन्न आर्थिक क्षेत्रमा दीर्घकालीन क्षति पुग्ने, पूर्वाधार प्रभावित हुने र भविष्यमा यस्ता संकट सामना गर्न थप खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

त्यसैले मध्यकालमा मध्यपूर्वका अर्थतन्त्र युद्धअघिको अवस्थामा फर्कने सम्भावना कम रहेको उनले बताए । ‘हामी मध्यकालमा युद्धअघिको आर्थिक अवस्थामा फर्कने छैनौँ । यो संकटले विभिन्न क्षेत्रमा दीर्घकालीन असर पार्नेछ, पूर्वाधारमा अवरोध सिर्जना गर्नेछ र भविष्यमा थप जोखिम सामना गर्न खर्च बढाउनुपर्नेछ,’अजोरले पत्रकारहरूसँग भने

आईएमएफले मंगलबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०२६ मा मध्यपूर्व र मध्य एसियाको अर्थतन्त्र ०.३ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ । इरान युद्धको प्रत्यक्ष असर परेका यी क्षेत्रमा आर्थिक गतिविधि कमजोर हुने देखिएको छ । 

साउदी अरबको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने अनुमान गरिएको छ । आईएमएफका अनुसार सन् २०२६ मा साउदी अरबको अर्थतन्त्र ३.३ प्रतिशतले खुम्चिन सक्छ । 

ऊर्जा निर्यातबाट बलियो आम्दानी गर्दै आएको साउदी अरबमा आर्थिक सङ्कुचनको यस्तो अनुमानलाई दुर्लभ आर्थिक मन्दीको सङ्केतका रूपमा हेरिएको छ ।

यसैबीच, आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले बुधबार साउदी अरबलाई लक्षित गरी भइरहेका आक्रमणले विश्वभरका मानिसलाई असर पार्न सक्ने चेतावनी दिएकी थिइन्। ऊर्जा आपूर्ति र मूल्यमा पर्ने प्रभावका कारण मध्यपूर्वको द्वन्द्व क्षेत्रीय सीमाभन्दा बाहिर पनि फैलिन सक्ने चिन्ता बढेको छ ।

पछिल्ला दिनमा साउदी नेतृत्वको गठबन्धन र यमनका हुथी विद्रोहीबीचको लडाइँ थप चर्किएको छ । क्षेप्यास्त्र आक्रमणमा विमानस्थल र ऊर्जा पूर्वाधारका साथै साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको मुख्यालयसमेत प्रभावित भएको जनाइएको छ । 

आक्रमणमा मानवीय क्षति भएको छ । युद्धको आर्थिक प्रभाव, बढ्दो ऊर्जा लागत र विश्व अर्थतन्त्रका चुनौतीबारे छलफल गर्न यसै साता बैंककमा अधिकारी तथा विज्ञहरू भेला भएका छन् । छलफलमा कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको तीव्र लगानीको दिगोपनाबारे पनि चासो व्यक्त गरिएको छ ।

विश्लेषकहरूका लागि अहिले मुख्य चुनौती युद्धको अवधि र त्यसले ऊर्जा आपूर्ति, पूर्वाधार तथा क्षेत्रीय आर्थिक वृद्धिमा पार्ने प्रभाव आकलन गर्नु रहेको छ । युद्ध लम्बिँदै गएमा मध्यपूर्वका अर्थतन्त्रमा परेको दबाब अझ बढ्न सक्ने देखिएको छ । रासस
 

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  १ : १३ बजे

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र