‘एस-प्रेसो’ मिनी एसयूभीको नेपालमा मूल्य कति पर्छ ?  « Khabarhub

‘एस-प्रेसो’ मिनी एसयूभीको नेपालमा मूल्य कति पर्छ ? 


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प प्रा.लि.ले उक्त ब्राण्डको नयाँ उत्पादन ‘एस-प्रेसो’ मिनी एसयूभी नेपाली बजारमा भित्र्याएको छ । भारतमा निकै चर्चा कमाइ सकेको उक्त एसयूभीले नेपालमा पनि बजार तताउने कम्पनीले विश्वास गरेको छ ।

सुरुवाती मूल्य २२ लाख ९९ हजार तोकिएको सो एसयूभीका चार अलग भेरियन्टहरु नेपालमा उपलब्ध रहेका छन् । हाल नेपालस्थित मारुती सुजुकीका ३६ वटै रिटेल नेटवर्क मार्फत एस-प्रेसो विक्री वितरण भइरहेको छ ।

सुजुकीले ‘बेस्ट-इन-क्लास’ फिचरहरु दिएको एस-प्रेसोमा १० भन्दा बढि सेफ्टी फिचरहरु समावेस छन् । यस एसयूभीमा टफ स्पोर्ट वाचबाट सञ्चालित डाइनामिक कन्सोल, ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर, सेग्मेन्टमै पहिलो पटक दिइएको स्टेयरिङ माउन्टेड अडियो एण्ड भ्वाइस कन्ट्रोल र त्यसैगरी म्युजिक इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि स्मार्ट प्ले जडित टच स्क्रिनजस्ता विशेषताहरु लोड गरिएको छ ।

हर्टटेक प्ल्याटफर्मको पाँचौं जेनेरेशनमा निर्माण गरिएको कारण यस एसयूभीले पैदलयात्रीको सुरक्षालाई पनि प्राथमिकतामा राखेको बुझ्न सकिन्छ । मारुती सुजुकीले एस-प्रेसोको सेफ्टी फिचरहरुको रुपमा डुअल एयरव्याग, एबीएस सिस्टम, इबीडी सिस्टम, प्रि-टेन्स्नर र फोर्स लिमिटर सहितको सिट बेल्ट, ड्राइभर र को-ड्राइभरका लागि सिट बेल्ट रिमाइन्डर, रियर पार्किङ्ग असिस्ट सिस्टम, हाई स्पिड वार्निङ अलर्ट र रिभर्स पार्किङ्ग सेन्सर लगायतलाई समावेश गरेको छ ।

एस-प्रेसोमा प्रयोग भएको इञ्जिन बीएस ६ मापदण्डमा आधारित ९९८ सीसी पेट्रोल इञ्जिन हो जसले ३८ एचपीको पावर र ९० एनएमको टर्क प्रोड्युस गर्दछ । यस कारमा ५-स्पिड म्यानुअल ट्रान्समिशन दिइएको छ भने यस कारले २१.४ केएमपीएलको माइलेज प्रदान गर्दछ । त्यसैगरी, ५ सिटर यस एसयूभीको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडिको चक्कामा चाहिँ ड्रम ब्रेक जडान गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : २४ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण