भृकुटीमण्डपको ‘जुत्ता मेला’मा ७० प्रतिशतसम्म छुट ! « Khabarhub

भृकुटीमण्डपको ‘जुत्ता मेला’मा ७० प्रतिशतसम्म छुट !


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली जुत्ताघरको आयोजनामा भृकुटीमण्डमा जारी ‘जुत्ता चप्पल व्यापार मेला’मा जुत्ता चप्पल किन्ने ग्राहकको भीड लागेको हो ।

गत मंसिर ६ गतेदेखि शुरु भएको मेलामा दैनिक हजारौंको संख्यामा ग्राहकहरुको भीड लाग्ने गरेको छ । मेलामा नेपालका चर्चित ब्राण्डहरु बिएफ डियर हिल सुज, रन सुज, शिखर सुज, शुल्याण्ड र ल्याण्डवाक सुजका जुत्ताचप्पल राखिएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले जानकारी दिए ।

उनले भने,‘ ‘मेलाको उद्देश्य भनेको ग्राहक सन्तुष्टि हो, त्यही सन्तुष्टि दिन सफल भएका छौं । मेलामा ग्राहकमहानुभावहरुको दिनप्रतिदिन आकर्षणमा बढ्दो छ ।’

मेलामा २ सय ५० रुपैयाँदेखिका चप्पल र ५ सय रुपैयाँदेखि जुत्ता उपलब्ध छन् । मेलामा ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । उपभोक्ताले जुत्ता चप्पल किन्दा ब्राण्ड हेरेर किन्नु पर्ने बिएफ डियर हिल सुजका अध्यक्ष होमनाथ उपाध्यायले बताए ।

मेलामा विवाहका सिजनलाइ लक्षित थरीथरीका पार्टीसुज समेत राखिएको उपाध्यायले जानकारी दिए । महिला र पुरुष दुवैका लागि हुने १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा लगन, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, महिलाले लगाउने चप्पल, जिएमएस बुटलगायत सबै प्रकारका जुत्ताचप्पल छन् ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ४९ बजे

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना