द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’ « Khabarhub

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

बहिष्कारको मागदेखि निर्देशकको स्पष्टीकरणसम्म


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग जोडेर निर्माण गरिएको फिल्म ‘पाँच पाण्डव’ प्रदर्शनअघि नै विवादमा परेको छ । 

फिल्मको पछिल्लो गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएसँगै द्रौपदीको चरित्र प्रस्तुत गरिएको शैलीलाई लिएर सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । कतिपयले यसलाई धार्मिक आस्थामाथिको अपमान भन्दै फिल्म बहिष्कार गर्नुपर्ने मागसमेत गरेका छन् ।

वसन्त निरौलाको निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, आर्यन सिग्देल, जितु नेपाल, महेश त्रिपाठी र सुशील सिटौला पाँच पाण्डवको भूमिकामा छन् । इभा गिरीले द्रौपदीको चरित्र निर्वाह गरेकी छन् ।

विवादको मुख्य कारण शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ गीतको भिडियो हो । भिडियोमा इभालाई क्यासिनोमा बोल्ड अवतारमा आइटम नृत्य गरिरहेको देखाइएको छ । युधिष्ठिरको भूमिकामा रहेका हरिवंश पनि त्यहीँ तास खेल्दै नाचिरहेको दृश्यमा प्रस्तुत छन् ।

महाभारतमा द्रौपदीलाई स्वाभिमान, आत्मसम्मान र संघर्षको प्रतीकका रूपमा चित्रण गरिएको छ। त्यसैले उनलाई बार डान्सरको शैलीमा प्रस्तुत गर्नु धार्मिक तथा सांस्कृतिक मर्यादाविपरीत भएको भन्दै दर्शकले आपत्ति जनाएका छन् । हिन्दू धर्मकी अभियन्ता बेदिका केसीले पनि सामाजिक सञ्जालमार्फत विरोध गर्दै फिल्म बहिष्कारको माग गरेकी छन् ।

रोचक कुरा के छ भने निर्माण टिमले यसअघि पाँच पुरुष कलाकारलाई पाँच पाण्डव र इभालाई द्रौपदीका रूपमा चिनाउँदै पोस्टर सार्वजनिक गर्दा यस्तो विवाद देखिएको थिएन ।

‘दाजुभाइजस्ता हुँदैनन् अरु’ गीत सार्वजनिक हुँदासम्म पनि फिल्म सामान्य चर्चामै थियो। तर, एउटा गीतले अहिले फिल्मलाई विवादको केन्द्रमा पुर्‍याएको छ ।

बढ्दो आलोचनाबीच निर्देशक निरौलाले भने फिल्मलाई धार्मिक कथाका रूपमा बुझ्न नहुने बताएका छन्। उनका अनुसार महाभारतका पात्रलाई प्रतीकका रूपमा प्रयोग गरेर वर्तमान नेपाली समाजको कथा प्रस्तुत गरिएको हो । फिल्मले सनातन धर्म वा कुनै धार्मिक आस्थामाथि प्रहार नगरेको उनको दाबी छ । उनले दर्शकलाई फिल्म प्रदर्शन नभएसम्म पर्खिन आग्रह गरेका छन् ।

अब प्रश्न उठेको छ, महाभारतका पात्रलाई आधुनिक परिवेशमा प्रस्तुत गर्नु सिर्जनात्मक स्वतन्त्रता हो कि धार्मिक संवेदनशीलतामाथिको बेवास्ता ? यही बहसका बीच ‘पाँच पाण्डव’को प्रदर्शनलाई लिएर दर्शकको चासो थप बढेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ३ : ४८ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको