झापामा साढे २५ लाख बराबरको अवैध भारतीय फूल नष्ट « Khabarhub

झापामा साढे २५ लाख बराबरको अवैध भारतीय फूल नष्ट


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – झापाको भद्रपुरबाट भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याइएको साढे २५ लाख रुपैयाँभन्दा बढी मूल्यको भारतीय फूल सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाबाट खटिएको मोबाइल गस्ती टोलीले आइतबार (कार्तिक २२ गते) मध्याह्न १२ बजे भद्रपुर नगरपालिका-८ देवीबस्ती इलाकाबाट उक्त फूल बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब निरीक्षक अमरबहादुर भुजेलको कमान्डमा खटिएको ९ जनाको टोलीले अवैध फूल नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामग्रीहरूमा २२ लाख ६८ हजार ४ सय रुपैयाँ मूल्य बराबरको ११ हजार ३ सय ४२ थान भारतीय सयपत्री फूलको माला र २ लाख ९५ हजार रुपैयाँ मूल्य बराबरको १२ झोला भारतीय कमलको फूल रहेका छन् ।

जम्मा २५ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको फूल बरामद पछि स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाको कार्यालय परिसरभित्र खाल्डो खनेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ३ : ०४ बजे

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

काठमाडौँ– रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान

मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती

काठमाडौं– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा

कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ :  सबिना काफ्ले

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहकी पत्ती सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा