सरकारको कार्यशैलीमाथि एमालेको टिप्पणी- राज्यको जिम्मेवारी भाँडाकुटी खेल झै बनाए « Khabarhub

सरकारको कार्यशैलीमाथि एमालेको टिप्पणी- राज्यको जिम्मेवारी भाँडाकुटी खेल झै बनाए


१६ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिले लोकतान्त्रिक मूल्यमान्यता र संविधानलाई कमजोर पार्ने काम गरेको आशंका व्यक्त गरेका छन् । 

प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिले लोकतन्त्र, संविधान र राज्यका संवैधानिक अङ्गलाई कमजोर पार्ने काम गरिरहेको आशंका व्यक्त गरेका हुन् ।

उनले उच्च जिम्मेवार पदमा रहेका व्यक्ति अत्यधिक संयमित र उत्तरदायी हुनुपर्नेमा, हाल कार्यकारी भूमिकामा रहेका व्यक्तिको सामाजिक सञ्जाल गतिविधिले राज्यको जिम्मेवारीलाई बालबालिकाले खेल्ने भाँडाकुटी जस्तो बनाइएको तर्क गरे ।

चुनाव प्रचारका क्रममा प्रधानमन्त्रीको साथमा रहेका र जिताउने अभियानमा खटिएका एक चर्चित पात्रको विषयलाई लिएर, प्रधानमन्त्रीले नै समाजका अङ्गहरूलाई प्रभावित वा नियन्त्रण गर्न परिचालन गर्न खोजिएको हो की भन्ने आशङ्का उब्जिएको उनले बताए ।

महासचिव पोखरेलले सरकारका गतिविधिहरूप्रति स्वयं रास्वपा समेत सन्तुष्ट नरहेको दाबी गरे । 

उनले जनताले ठूलो अपेक्षा गरेर दिएको जनादेश विपरीत देशको स्थिति नकारात्मक दिशामा गएकाले यसलाई सच्याउनु र सुधार गर्नु सबैको साझा कर्तव्य भएको धारणा राखे । 

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  ३ : २२ बजे

सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खोस्रो खेलमा

परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

 काठमाडौँ – राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि राहदानी, बैंक

सात महिनामा १ अर्ब ३३ करोडको अवैध सामग्री बरामद

काठमाडौँ – सशस्त्र प्रहरी बल, नेपालले पछिल्लो सात महिनामा सीमा क्षेत्रबाट १

भूमिहीनलाई पुर्जा वितरणमा ढिलाइ नगर्न मन्त्री रावलको निर्देशन

भद्रपुर– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

कृषिमन्त्री र अर्थमन्त्रीबीच भेटवार्ता, जलवायु वित्त र कोप–३१ को तयारीबारे छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र अर्थमन्त्री स्वर्णिम