वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा « Khabarhub

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार बर्लिन पुगेका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताए ।

जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख राष्ट्रमध्ये एक हो । जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि युक्रेनप्रतिको समर्थन निरन्तर दोहोर्याउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शान्ति वार्तालाई अघि बढाउने प्रयासस्वरूप अर्को साता अबु धाबीमा युक्रेनी, रुसी र अमेरिकी अधिकारीहरूबीच वार्ता हुने घोषणा गरेलगत्तै जेलेन्स्कीको जर्मनी भ्रमण भएको हो ।

जेलेन्स्कीको बर्लिन भ्रमण सुरक्षा तथा प्रतिरक्षासम्बन्धी एक सम्मेलनसँगै परेको छ । उक्त सम्मेलनको उद्घाटन लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले गर्ने कार्यक्रम छ । जेलेन्स्कीले पनि सम्मेलनमा सहभागी हुने बताए ।

सम्मेलनमा मुख्यतः युक्रेन युद्ध र रुसबाट युरोपको सुरक्षामा बढ्दै गएको चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ । जेलेन्स्कीले सुरक्षा, स्थिरता र नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्थाको रक्षा सबैको साझा चासो भएको उल्लेख गर्दै यी सिद्धान्तलाई ठोस निर्णय र कार्यमा रूपान्तरण गर्न मिलेर काम गर्नुपर्ने बताए ।

जर्मनीले नोभेम्बरको मध्यतिर युक्रेनका प्रमुख सहयोगी राष्ट्रहरूको समूह ‘कोएलिसन अफ द विलिङ’को बैठक आयोजना गर्ने योजना बनाएको छ । जर्मन चान्सलर मेर्जले गत साता यसबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १० : १७ बजे

निःशुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं – सरकारले सञ्चालन गर्न लागेको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई)

वार्ताका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्की बर्लिनमा

बर्लिन – रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तरराष्ट्रिय समर्थन

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा – सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा – तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट