सामाजिक सञ्जालमा पोखिएको वर्षाको प्रेम ! « Khabarhub

सामाजिक सञ्जालमा पोखिएको वर्षाको प्रेम !


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका तथा मोडल वर्षा शिवाकोटीले अहिलेसम्म कुनै पनि हिट फिल्म दिन सकेकी छैनिन् । उनलाई फिल्मभन्दा बढी म्युजिक भिडियो नै फापेको छ ।

पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘वीर विक्रम २’ पूरै असफल रह्यो । फिल्ममा उनले पल शाह र नाजिर हुसेनसँग काम गरेकी थिइन् । त्यसपछि उनले फिल्म ‘लक्का जवान’ मा काम गरिन् । यो फिल्म कहिले रिलिज हुन्छ भन्ने टुङ्गो लागेको छैन ।


यता वर्षा भने पछिल्लो समय प्रोफेसनका कारणले भन्दा व्यक्तिगत कारणले चर्चामा छिन् । उनी अमेरिकामा बस्दै आएका सविनजंग थापासँग प्रेममा छिन् । त्यसो त वर्षाको नाम मिलन चाम्ससँग पनि जोडिँदै आएको थियो । वर्षाले सविनजंग थापासँगको प्रेम पनि अझै स्वीकारेकी छैनिन् ।

यद्यपि पछिल्लो समय भने वर्षाले प्रेमिल स्टाटस नै धेरै अपलोड गर्न थालेकी छिन् ।

वर्षाले हालै इन्स्टामा एक तस्वीर सार्वजनिक गरेकी थिइन् । उक्त तस्वीरमा क्याप्सन लेख्दै वर्षाले लेखेकी छिन् – र, यो संसारमा तिमी मेरो हो ।

वर्षाले सामाजिक सञ्जाल फेसबूकमा पनि अपलोड गर्ने तस्वीरमा प्राय प्रेमकै बारेमा लेखिरहेकी हुन्छिन् ।

प्रेमसम्बन्धका बारेमा खासै बोल्न नचाहने वर्षा सामाजिक सञ्जाल भने प्रेमबारेमै लेखेर रङ्ग्याउँछिन् । हल्ला त यो पनि चलेको छ कि, पछिल्लो समय वर्षा र मिलन चाम्सको सम्बन्ध राम्रो छैन । त्यसैले वर्षाले यसो गरिरहेकी छिन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ११ : २४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा