सामाजिक सञ्जालमा पोखिएको वर्षाको प्रेम ! | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा पोखिएको वर्षाको प्रेम !


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका तथा मोडल वर्षा शिवाकोटीले अहिलेसम्म कुनै पनि हिट फिल्म दिन सकेकी छैनिन् । उनलाई फिल्मभन्दा बढी म्युजिक भिडियो नै फापेको छ ।

पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘वीर विक्रम २’ पूरै असफल रह्यो । फिल्ममा उनले पल शाह र नाजिर हुसेनसँग काम गरेकी थिइन् । त्यसपछि उनले फिल्म ‘लक्का जवान’ मा काम गरिन् । यो फिल्म कहिले रिलिज हुन्छ भन्ने टुङ्गो लागेको छैन ।


यता वर्षा भने पछिल्लो समय प्रोफेसनका कारणले भन्दा व्यक्तिगत कारणले चर्चामा छिन् । उनी अमेरिकामा बस्दै आएका सविनजंग थापासँग प्रेममा छिन् । त्यसो त वर्षाको नाम मिलन चाम्ससँग पनि जोडिँदै आएको थियो । वर्षाले सविनजंग थापासँगको प्रेम पनि अझै स्वीकारेकी छैनिन् ।

यद्यपि पछिल्लो समय भने वर्षाले प्रेमिल स्टाटस नै धेरै अपलोड गर्न थालेकी छिन् ।

वर्षाले हालै इन्स्टामा एक तस्वीर सार्वजनिक गरेकी थिइन् । उक्त तस्वीरमा क्याप्सन लेख्दै वर्षाले लेखेकी छिन् – र, यो संसारमा तिमी मेरो हो ।

वर्षाले सामाजिक सञ्जाल फेसबूकमा पनि अपलोड गर्ने तस्वीरमा प्राय प्रेमकै बारेमा लेखिरहेकी हुन्छिन् ।

प्रेमसम्बन्धका बारेमा खासै बोल्न नचाहने वर्षा सामाजिक सञ्जाल भने प्रेमबारेमै लेखेर रङ्ग्याउँछिन् । हल्ला त यो पनि चलेको छ कि, पछिल्लो समय वर्षा र मिलन चाम्सको सम्बन्ध राम्रो छैन । त्यसैले वर्षाले यसो गरिरहेकी छिन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ११ : २४ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।