सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य « Khabarhub

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको चुनौती दिएको छ । कर्णालीले टस जितेर पहिला फिल्ड रोजेपछि ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर शैफ जेभले सर्वाधिक ३५ रन जोडे । उनले एक छक्का र चार चौका प्रहार गरे । अर्का ओपनर विनोद भण्डारीले २२ बलमा २७ रन जोड्दा दुई चौका र दुई छक्का हिर्काए । त्यसैगरी ब्रान्डन म्याकमलेनले २४, इशान पाण्डे २३, कप्तान दीपेन्द्रसिंह ऐरी १०, आरिफ शेख ११ रन बनाएर आउट भए । उसका लागि थरिन्दु रत्नायकेले नटआउट २२ रन बनाउँदा स्कट कुगेलेनले नटआउट १३ रन थपे ।

सुदूरपश्चिमलाई सस्तैमा रोक्न कर्णालीका लागि मार्क वाटले दुई विकेट हात पार्दा नन्दन यादव, सुहेन तलात र सूर्य तामाङले एकएक विकेट लिए । केही बेरमा कर्णालीले जवाफी ब्याटिङ गर्दैछ ।

तीन खेलमा दुई जित र एक हारको सामना गरेको कर्णाली चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । यता चार खेलमा दुई हार र दुई जित निकालेको सुदुरपश्चिम समान चार अंक भए पनि रनरेटका आधारमा तालिकाको छैटाैँ स्थानमा छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  २ : २२ बजे

मनाइयो धनतेरस पर्व 

काठमाडौं– कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको

डेभिड मिलरको शानदार ब्याटिङका बावजुद सुदूरपश्चिमसँग कर्णाली पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध

कर्णालीका डेभिड मिलरको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा शुक्रबारको पहिलो खेलमा अहिले सुदूरपश्चिम

तहारभर काभ्रेपलाञ्चोकका सडकमा टिपर चलाउन रोक

काठमाडौं– तहारको अवधिभर काभ्रेपलाञ्चोकका मुख्य तथा सहायक सडकहरूमा टिपर सञ्चालनमा