काठमाडौं– तिहार सुरु भएसँगै आज धनतेरसका अवसरमा काठमाडौंको न्युरोड क्षेत्रमा रहेका सुनचाँदी पसलमा सर्वसाधारणको भीड लागेको छ।
धनतेरसका दिन सुन, चाँदी तथा धातुका सामान खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका कारण बिहानैदेखि न्युरोडका सुनचाँदी पसलमा ग्राहकको चहलपहल बढेको हो ।
तिहारलाई लक्षित गर्दै ग्राहकहरू गरगहना तथा चाँदीका सामग्री खरिद गर्न पसलमा पुगेका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी






















प्रतिक्रिया