कांग्रेसको प्रश्न– ७० वर्षका ओली प्रधानमन्त्री बन्न मिल्ने खेमराज गुरुले किन नमिल्ने ? | Khabarhub Khabarhub

कांग्रेसको प्रश्न– ७० वर्षका ओली प्रधानमन्त्री बन्न मिल्ने खेमराज गुरुले किन नमिल्ने ?


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले ७० वर्ष हाराहारी उमेरका केपी ओली प्रधानमन्त्री बन्न मिल्ने अनि त्यस्तै उमेरमा खेमराज पौडेल चाँहि किन नमिल्ने भन्दै प्रश्न गरेको छ ।

बुधवार पोखरामा आयोजित चुनावी सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले कास्कीमा उम्मेदवार बनाएको भन्दै टिप्पणी गरेका थिए ।

केही महिना अघि संसदमा कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई नेकपाले आराम दिनुपर्ने बताएको जवाफमा प्रचण्डले कास्कीमा भनेका थिए ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई । जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ त ?’

प्रचण्डको यस्तो भनाइ सार्वजनिक भएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले त्यसको प्रतिवाद गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रवक्ता शर्माले प्रचण्डको उचाइ र उमेरले यस्तो बोल्नु शोभनिय हो भन्दै प्रश्न वगरेका छन् ।

‘देवघाट पठाउने उमेरमा सांसद ?  प्रचण्डले आज पोखरामा भन्नु भो । कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ?’ शर्माले अगाडि भनेका छन्, ७० कटेका ट्रम्प अमेरिकाको रास्ट्रपति बन्न मिल्ने,७० कै हाराहारीका केपी कमरेड प्रधानमन्त्री बन्न मिल्ने,अनि त्यस्तै उमेरमा खेमराज गुरुले सांसद बन्न चैं किन नमिल्ने ?’

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : २३ बजे

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार

नर्सलाई सेवा सरह सुविधा तोक्न गठित कार्यदललाई दिइयो थप एक महिनाको समय 

काठमाडौं– नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई

विप्लव समूहको प्रदर्शन : सर्वपक्षीय अन्तरिम सरकारको माग (तस्बिरहरू)

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा बिहीबार प्रदर्शन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको