वनमौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु « Khabarhub

वनमौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु


२५ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा वनमौरीले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर थारु रहेका छन् ।

घरको सिलिङमा रहेको वनमौरीको घारबाट निस्किएका मौरीले टोकेपछि गम्भीर बिरामी परेका थारुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार कात्तिक २४ गते दिउँसो करिब १ बजे मौरीले टोकेपछि बेहोस भएका थारुलाई उपचारका लागि ठाकुरबाबा नगर अस्पताल, नेउलापुर भुरीगाउँ पुर्‍याइएको थियो ।

अस्पतालमा उपचारकै क्रममा दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

थारुको घरको सिलिङमा करिब दुई महिनादेखि वनमौरीका पाँचवटा घार रहेका थिए । मौरीको टोकाइबाट मृत्यु भएका उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८३, बुधबार  ११ : ५५ बजे

साढे तीन महिनामा २०४ नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे

रसुवाको ‘नागथली’ पर्यटकका लागि आकर्षक केन्द्र

रसुवा–  ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा

फाल्गुनन्दको सत्य, अहिंसा र समानताको मार्ग अनुसरण गर्न सभापति थापाको आग्रह

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले

वनमौरीले टोकेर बर्दियामा एक जनाको मृत्यु

बर्दिया– बर्दियामा वनमौरीले टोकेर एक जनाको मृत्यु भएको छ ।

भाइटीका लगाउन बालगोपालेश्वर मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं – भाइटीका पर्वका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि