उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्यांकन हुन्छः सहमहामन्त्री महत « Khabarhub

उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्यांकन हुन्छः सहमहामन्त्री महत


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्यांकनका रूपमा उपनिर्वाचनलाई लिएको बताएका छन् ।

यही मंसिर १४ गते हुने भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ (क) को उपनिर्वाचनको संघारमा आज नेपाली काँग्रेसले चाँगुनारायण नगरपालिकाको लप्टन डाँडामा आयोजना गरेको अन्तिम चुनावीसभामा उनले सरकारबाट जनता निराश भएको भन्दै निराश जनताले काँग्रेसलाई फेरि रोज्ने बेला आएको दाबी गरे ।

देशको विकासको जिम्मेवारी काँग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै उनले उपनिर्वाचनको नतिजा काँग्रेसको पोल्टामा ल्याएर विजय सुनिश्चित गर्न मतदातालाई आग्रह गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनताले नेकपाप्रति विश्वास गुमाइसकेको जिकिर गर्दै काँग्रेस एक ढिक्का भएर अगाडि बढे काँग्रेसको जित सुनिश्चित रहेको बताए । काँग्रेसलाई निष्पक्ष उपनिर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न पनि आग्रह गरे ।

त्यस अवसरमा राप्रपा संयुक्तका केन्द्रीय सदस्यद्वय दिनेश श्रेष्ठ, रविन्द्रप्रताप शाहले राप्रपाको सबै मत काँग्रेसलाई दिने भएकाले यसपटकको उपनिर्वाचनमा काँग्रेसले जित सुनिश्चित हुने दाबी गरे ।

यसैबीच, आजै नेपाल मजदूर किसान पार्टीले पनि चुनावीसभाको आयोजना गरेको थियो । कमलविनायक भत्केको पाटीमा आयोजना भएको चुनावीसभामा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले सरकारको आलोचना गर्दै सीमा सुरक्षामा सरकार कमजोर बनेको आरोप लगाए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : १५ बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा