उपनिर्वाचनका लागि मौन अवधि शुरु, अब प्रचार गर्न नपाइने | Khabarhub Khabarhub

उपनिर्वाचनका लागि मौन अवधि शुरु, अब प्रचार गर्न नपाइने


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपनिर्वाचन २०७६ का लागि गए राती १२ बजेबाट मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता अनुसार मौन अवधि शुरु भएपछि उपनिर्वाचन नसकिँदासम्म कुनै पनि दल तथा स्वतन्त्र उम्मेदवारका पक्षमा चुनावी सभा, र्‍याली तथा मतदाता भेटघाटका कार्यक्रमहरु गर्न पाइने छैन ।

निर्वाचन आयोगले मौन अवधि शुरु भएलगत्तै आयोगबाट उपनिर्वाचनका लागि गरिनु पर्ने सबै तयारी समेत पूरा भएको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगमा आयोजित पत्रकारसम्मेलमा उपनिर्वाचन प्रयोजनका लागि आयोगका तर्फबाट गरिनु पर्ने सबै तयारी सकिएको बताए ।

उनका अनुसार शनिबार हुने उपनिर्वाचनका लागि सम्बन्धित जिल्ला र मतदान केन्द्रहरुमा निर्वाचन सामग्रीहरु समेत पुगिसेकेको छ भने केहीमा बिहीबार विहानसम्म पुग्ने छ । यस्तै सबै केन्द्रहरुमा मतदान अधिकृत, सहायक मतदान अधिकृतहरु सहितका अन्य कर्मचारी समेत खटिसकेका छन् ।

उपनिर्वाचन हुने ३७ जिल्लाका २४७ मतदान स्थल तथा ५३७ मतदान केन्द्रमा आवश्यकता अनुसार सुरक्षा प्रवन्धसमेत व्यवस्थापन भइसकेको आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेशसभा सदस्यका लागि भक्तपुर १ (क), बाग्लुङ २ (ख) र दाङ ३ (ख) मा उप निर्वाचन हुँदैछ ।

यसैगरी स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख, संखुवासभाको मकालु गाउँपालिका, पाँचथरको फाल्गुनन्द गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि मतदान हुनेछ । स्थानीय तहमा भने ४३ वडाअध्यक्षका लागि मतदान हुनेछ ।

कुल ५२ पदका लागि हुने उपनिर्वाचनमा ३३३ (२५३ पुरुष र ८४ महिला) उम्मेदवार छन् । जसमा २५३ जना राजनीतिक दल र ८४ जना स्वतन्त्र छन् ।

उपनिर्वाचनमा ३७ जिल्लाका लागि २ लाख ३३ हजार ४०२ महिला र २ लाख २० हजार ७१० तथा अन्य २ जना गरी जम्मा ४ लाख ५४ हजार ११४ मतदाताले मताधिकारको प्रयोग गर्न सक्ने आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ रिक्त पदमा निर्वाचन हुने एउटै मात्र निर्वाचन क्षेत्र कास्की २ मा ७१ हजार ८७१ जना, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बागलुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, ३५ हजार १८४ र ६८ हजार ७१९ मतदाता रहेको आयोगले जनाएको छ । स्थानीय तहतर्फ २ लाख ३३ हजार ३२५ जना मतदाता छन् ।

उपनिर्वाचनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ३५४ कर्मचारी खटिएका छन् भने मतदान केन्द्रमा २,६८४ कर्मचारी, स्वयंसेवक २ हजार १६ गरी जम्मा ५ हजार ५४ जना खटिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ८ : ०० बजे

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।

सुदूरपश्चिम सरकारले आगलागी पीडितलाई आठ लाख सहयोग गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा गत शनिबार

नर्सलाई सेवा सरह सुविधा तोक्न गठित कार्यदललाई दिइयो थप एक महिनाको समय 

काठमाडौं– नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई

विप्लव समूहको प्रदर्शन : सर्वपक्षीय अन्तरिम सरकारको माग (तस्बिरहरू)

काठमाडौं– नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा बिहीबार प्रदर्शन

अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने

काठमाडौं– अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको