सुनसरी– छठ पर्वको मुख्य दिन आइतबार सुनसरीको इनरुवास्थित सुनसरी खोलामा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् ।
छठ पर्वको परम्पराअनुसार व्रतालुहरूले जलाशयमा उभिएर अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन् ।
चार दिनसम्म मनाइने छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व समापन गरिन्छ ।
तस्बिरहरू : नवीन गड्तौला/नेपाल फोटो लाइब्रेरी































प्रतिक्रिया